logo

बीमा व्यवसायमा सुधारको संकेत , ३९ वटा बीमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ बढी प्रिमियम

    1776   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– पछिल्लो समय मुलुकमा बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । एकवर्ष अघि २०७७ सालको मंसिर महिनाको तुलनामा बीमा कम्पनीहरुले यस वर्षको मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८ दशमलब ८७ प्रतिशत बढाउन सफल भएका छन । सो अवधीमा प्रिमिय ११ अर्ब ६२ करोड रुपैयाँले बढाउन सफल भएका हुन् ।
बीमा समितिका अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका ३९ कम्पनीले २०७८ मंसिर महिनासम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्ष अघि अर्थात २०७७ मंसिर महिनासम्ममा ६१ अर्ब ६० करोड रुपैयाँ थियो ।
जसमध्ये जीवन बीमा व्यवसाय गर्दै आएका १९ कम्पनीले चालु आर्थिक वर्षको ५ महिनासम्ममा ५७ अर्ब ७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका २० कम्पनीले १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।
जीवन बीमा व्यवसाय सञ्चालन गर्नेमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । र, महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
यता निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले चालु आवको ५ महिनामा एक अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, साढे १ अर्ब भन्दा कम र एक अर्ब भन्दा बढी प्रिमियम उठाउन ४ कम्पनी सफल भएका छन् । सगरमाथाले एक अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले एक अर्ब ३० करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ११ करोड र एनएलजी इन्स्योरेन्सले एक अर्ब रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् ।
सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउनदेखि मंसिर महिनासम्ममा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।