logo

एशियाकै उत्कृष्ट बन्यो एनएमबि बैंक, पायो ‘बैंक अफ दी एशिया’ अवार्ड

अब हाम्रो लक्ष्य विश्वकै उत्कृष्ट बन्ने हो अध्यक्ष : गोल्यान 

    1295   पटक पढिएको

१५ मंसिर /अर्थ र व्यापार – एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बुधबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै सो बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो । योसँगै बैंकले ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड पाएको छ । बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले सो अवार्ड प्रदान गरेको हो । यो अर्वाड पाएपछि एनएमबि ‘बैंक अफ दी एशिया’ बन्ने पहिलो नेपाली बैंक बनेको छ ।

सो अवार्ड घोषणा कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले यो एनएमबी बैंकको गौरवको विषय मात्र नभएर सम्पूर्ण नेपाली सबैको जित भएको बताए । उनले यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाकालागि गौरवको विषय भएको बताए ।
१ शाखा र ३५ कर्मचारीबाट बैंकिंङ सेवा शुरु गरेको यो बैंकले १३ वर्षको यात्रामै यतिठुलो महत्वपूर्ण उपलब्धि हाँसिल गरेको भन्दै उनले बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै बोर्ड व्यवस्थापनप्रतिको विश्वासले यो सम्भव भएको बताए ।  यसैगरि, दीगो बैंकलाई मध्येनजर गर्दै एनएमबि बैंकले काम गर्दै गएको बताउँदै उनले विदेशीबाट सबैभन्दा बढी पैसा ल्याउने बैंकका रुपमा रहेको समेत जानकारी गराए । 
अन्य ठूला बैंकले नपाएको यो अवार्ड एनएमबिले पाउँदा निकै खुशी भएको सुनाउँदै उनले नेपालमा पनि थुप्रै काम र योजनामा एनएमबि बैंक पहिलो बैंक बनेको बताए । उनले यस बैंकले नयाँ नयाँ योजना लिएर बैंकिङ क्षेत्रमै योगदान गर्दै आएको जानकारि दिए । 
‘हामीले उर्जामा ठूलो लगानी गरेका छौं, उद्योगमा पनि ठूलो लगानी गरेका छौं, व्यवसाय भन्दा पनि दीगो बैंकिङ कसरी बनाउन सकिन्छ ? त्यसमै हामी काम गरिरहेका छौं,’ केसीले भने ।
यो अवार्डले नेपालको बैंकिङ क्षेत्रलाई थप हौसला र प्रोत्साहन गर्ने उनको भनाई छ । धेरै बैंकहरु नेपालमा लगानी गर्न तयार रहेको र यस अवार्डले थप चुनौति बढाएको उनले बताए । 
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले यो अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो । यस अवार्डको प्रतिस्पर्धामा एशियाका ४८ वटा देशका बैंकहरु सहभागी भएका थिए । अघिल्लो वर्ष पनि ‘बैंक अफ दि इयर २०२०’ को अवार्डबाट एनएमबि बैंक नै सम्मानित भएको थियो । 

अब हाम्रो लक्ष्य विश्वकै उत्कृष्ट बन्ने हो अध्यक्ष : गोल्यान 
यस्तो अवार्ड जित्न सफल भएको जानकारि दिन आयोजत विशेष कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोल्नले आफुहरुले यो अवार्ड जित्नकोलागि एक वर्ष अघि नै निकै मिहिनेतपूर्ण काम गर्न थालेको बताए । हामीले साना साना उद्यमी जन्माउन गरेको प्रेरणादायी कामको परिणाम तथा प्रतिफल नै यो अवार्ड भएको भन्दै उनले अहिले पाएको यस अवार्डले बैंकको जिम्मेवारी थप बढाएको बताए । उनले अझै मुलुकको कृषि क्षेत्रको प्रवद्र्धनमा यस बैंकले धेरै काम गर्नुपर्ने बताए । यसैगरि, उनले अब यस बैंकको लक्ष्य नेपाली जनताको बैंक बन्न चाँहने र बिश्वकै उत्कृष्ट नमुना बैंक बन्ने नै भएको बताए ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।