निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।
सेञ्चुरी बैंकको नाफा २५.४९ प्रतिशतले बढेकोछ । बैंकले कुल ६५ करोड रुपैयाँ नाफा गरेको छ। कात्तिकदेखि पुससम्मको तीन महिनामा बैंकको नाफा २७ करोड ९४ लाख रुपैयाँ छ।
गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
ग्लोबल आईएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमवार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।
ज्योति लाइफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ का बीमीत बिनोद राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ ।
बैंक अफ काठमाण्डूले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरको अधिकांश सूचकहरुमा सामान्य सुधार आएको देखिन्छ ।बैंकले पुस मसान्तसम्म्मा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
नेपाल एसबिआइ बैंक लिमिटेडले आज मंगलवारदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
बर्ष दिनसँग तुलना गर्ने हो भने नबिल बैंकको निक्षेप एक अर्ब ३७ करोड रुपैयाँले बढेको छ। तर पछिल्लो तीन महिनासँग तुलना गर्ने हो भने निक्षेप ८ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल बीमाशुल्क आर्जन ३१ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम ३५ प्रतिशतले वृद्धि १ अर्ब २८ करोड पुगेको छ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल बीमाशुल्क आर्जन ११० प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो ।
सिभिल बैंकले चालु वर्ष शाखा विस्तार र कर्मचारी भर्ना लगायतमा खर्च बढाएका कारण नाफा १४.७५ प्रतिशत घटेको छ। बैंकको चालु वर्षको पुससम्म खुद नाफा ३१ करोड ६२ लाख रुपैयाँ छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सँधैजस्तो नियमित बृद्धिबाट अगाडि बढेको छ। पुससम्मको वित्तीय विवरण अनुसार बैंकले नाफा ७.१२ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम पनि ३३ प्रतिशतले वृद्धि १३ अर्ब ९१ करोड पुगेको छ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म समिट लघुवित्त संस्थाले ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा संस्थाको २८ दशमलवले बढी हो । गत बषको सोहि अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् ।
आज सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।
२०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौं र जीवन बीमा कम्पनीहरुमा १९ औं कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिबारे दुवै संस्थाका अधिकारीहरु बीच सम्झौता भएको छ । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले प्रादेशिक संरचनामा काम गर्न सजिलो हुने भन्दै एनएमबि उक्त प्रक्रियामा पुगेको हो। कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरि पाँचवटा जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूर पश्चिम प्रदेशको बैंक हो । यसको मुख्य कार्यालय कञ्चनपुरमा छ ।
पोखरामा रहेको लक्ष्मीनारायण मन्दिरलाई कामना सेवा विकास बैंकले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपाविलका वडा नं. १९ पुरुञ्चौरमा रहेको बैंकको शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचामा रहेको अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सेमलार र बाँसगढीको कार्यक्षेत्रमा पर्ने बुटवल उपमहानगर पालिका, रानीवगिया, रुपन्देही स्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।