नेशनल इन्स्योरेन्स कम्पनीले व्यवसायिक अभिकर्ताहरुको अन्तर्रा्ष्ट्रिय संस्था एमडिआरटीमा छनौट भएका एजेन्सीहरुलाई तालिम दिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा नेशनल इन्स्योरेन्सका सिईओ भरत बस्नेतको उपस्थितिमा बीमाकर्ताहरुलाई प्रोत्साहन गर्न तालिम सञ्चालन गरिएको हो ।
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वटा शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले दाङ,सल्यान,पूर्वी रुकुम,पश्चिम रुकुम,जाजरकोट र सुर्खेतमा रहेका शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम दाङको तुल्सीपुरमा सम्पन्न गरेको हो ।
कुमारी बैंकले निक्षेप र ऋणको बिस्तार समानान्तर रुपमा गरेका कारण करिव १ प्रतिशत बिन्दुको स्प्रेड बृद्धिपछि नाफा १८.७४ प्रतिशतले बढेको छ। बैंकले ३.३८ प्रतिशतको स्प्रेडलाई ४.३७ प्रतिशत पुर्याएपछि नाफा पहिलो छ महिनामा ८० करोड ३० लाख रुपैयाँ पुगेको हो। कात्तिकदेखि पुससम्मको नाफा ४० करोड १० लाख रुपैयाँ छ।
रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६० करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कुल बीमा शुल्क आर्जन रकम १८२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
माछापुच्छ्रे बैंक पहिलो ६ महिनामा निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक देखिएको छ। शाखा विस्तारसँगै बैंकले निक्षेप संकलन र ब्यापार विस्तारमा आक्रामक रणनीति लिएको देखिन्छ।
नेपाल एसबीआइ बैंकले माघ २८ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ। बैंकले पछिल्लो समय अरुले दिएको भन्दा कम ब्याज दरमा ऋणपत्र जारी गर्न लागेको हो।
महालक्ष्मी विकास बैंकले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्तारब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्य सहित बैंकले ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्तारब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप उक्त शुल्क फिर्ता गरेको हो ।
नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संथाको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा बैंक र गरिमा विकास बैंकको कूल एक करोड २५ लाख ४ हजार ४६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सरकारले दिएको निर्देशन पालना नगरेपछि नेपाल बंगलादेश बैंक कारवाहीमा परेको छ । केन्द्रीय बैंकले नेपाल बंगलादेश बैकलाई चार करोड रुपैयाँ जरिवना गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको माघ १८ गते बसेको २३१ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्राइम कमर्सियल बैंकले खुद नाफा २२.६१ प्रतिशतले बढाएर १ अर्ब ३० करोड रुपैयाँ गरेको छ। बैंकले निक्षेपको तुलनामा उच्च दरले ऋण विस्तार गरेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो। बैंकले कात्तिकदेखि पुससम्मको अवधिमा मात्रै ६४ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । बाँकी नाफा साउनदेखि असोज मसान्तसम्मको हो।
सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रीला एकको दुई मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले यस योजना अन्तर्गत “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिने जनाएको छ ।
आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६१ लाख आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६१ खुद मुनाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १४ करोड ६८ लाख खुद मुनाफा गरेको थियो।
सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो ।
कुमारी बैंकको ऋणपत्र (डिबेन्चर)मा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । यही माघ १२ देखि १४ गते सम्म भएको उक्त सम्मेलनमा देशैभरिबाट आएका ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख, क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत गरी ७५ जनाको सहभागिता रहेको थियो।
माघ १५ गते सम्म ५ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, सानिमा र नेपाल बैंक रहेका छन्।
नयाँ निर्जीवन बीमा कम्पनी मध्येको अजोड इन्स्योरेन्सले आक्रामक रुपमा व्यापार गर्दै दोश्रो त्रैमासक वित्तिय विवरण सार्वजनिक गरेको छ। अजोड इन्स्योरेन्सले पुष मसान्त सम्म ४० करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले गत वर्ष यही अवधिमा १२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनी ले कुल बीमा शुल्क आर्जन २३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पाएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।
बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।
नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुसमा ८६ पैसाले बढेर ९ रुपैयाँ ६३ पैसामा कायक भएको छ ।
एनएमबि हाइब्रिड फन्ड एल –१ को पुसमा प्रतिइकाइ मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसामा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । फन्डको न्याभ मंसिर महिनाको भन्दा ४९ पैसा धेरै हो ।