मेगा बैंक नेपालले ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गर्दै किसानहरुलाई ‘मेगा किसान कार्ड’ सिवतरण सुरु गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ।
सिद्धार्थ बैंकले ३ अर्व बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका् लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
सहकारी संस्थाहरुले कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएको छ ।
नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिन सकिने ‘फोन लोन’ सुविधा सुरु गरेको छ । नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताहरुले यो सुबिधा लिन सक्ने छन् । प्रयोगकर्ताहरुले मोबाइलबाटै बिना धितो आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण लिइसक्ने छन् । यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध हुने बैंकले जनाएको छ ।
नविल बैंकले चाडपर्व योजना सार्वजनिक गर्दै निक्षेपलाई प्रोत्साहान दिने कर्जा पनि सस्तो ब्याजदरमा उपलब्ध गराउने गरी आकर्षक योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत
आगामी चैत्र १५ पछि अर्थात करिब डेढ महिनापछि निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । अजोड इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि गत माघ २० गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले थप कागजात मगाएर अध्ययन गर्ने काम भइरहेको जनाएको छ ।
स्पर्स लघुवित्त वित्तीय संस्थाले आ.व २०७६र२०७७ माघ मसान्त सम्मको समिक्षा तथा धितो कर्जा तालिम सम्पन्न गरेको छ । पोखरामा फागुन ३ गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीको आगामी फागुन १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट आर्जन गरेको २४ करोड भन्दा बढि खूद नाफा वितरण नगर्ने निर्णय गरेको छ । सो बीमा कम्पनीको एनएफआरएस मापदण्डको वित्तीय विवरणका लागि कोषमा रकम कम भएपछि गत आर्थिक वर्षको सबै मुनाफा कोषमै जम्मा गर्ने निर्णय गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेशनलले पोखरामा सीसी टीभी जडान गर्न ७५ हजार आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच स्थानिय उपभोक्ता समितिलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
आइसीएफसी फाइनान्सले १२ प्रतिशत ब्याज दिने गरी ऋणपत्र ल्याएको छ। २०८३ सालमा परिपक्व हुने ऋणपत्र आउँदो १३ गतेबाट बिक्री खुला हुने छ।
एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी २२ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चैत १२ गतेसम्म हकप्रद बिक्री गर्ने छ।
आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष को दोस्रोे त्रैमाससम्म ६७ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहिवार प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा ९८ करोड २४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ५४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।
नेपाल टेलिकमको ग्राहक आम्दानी र अन्य खर्च वृद्धि भएपछि खुद नाफा घटेको छ। कम्पनीको खुद नाफा ०.३१ प्रतिशतले घटेको हो।
महालक्ष्मी विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकले गत कात्तिक २९ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको बैंक खाताा पठाएको जनाएको छ ।
हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताएका हुन् ।
कामना सेवा विकास बैंकले ग्राहकहरुको लागि बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ ।
सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।
हिमालयन बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६० करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।
एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ९२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।