logo

४ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री गर्दै एनआईसी एशिया बैंक

    1827   पटक पढिएको

 
१४ मंसिर/अर्थ र व्यापार– एनआईसी एशिया बैंकले चार कम्पनीको संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला गरेको छ । 

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२ हजार ९९४, एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३९ हजार ४७० र नेशनल लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको हो ।

यसअघि लिलामीमा ल्याउदा सूर्या लाइफ इन्स्यारेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयरमा आंसिक मात्र आवेदन परेको र नागरिक लगानी कोषमा परेको सम्पूर्ण आवेदन रद्ध भएकोले रद्ध भएको शेयर पुनः लिलामीमा ल्याएको बैंकले उल्लेख गरेको छ ।

यी चार ओटै कम्पनीको शेयरमा आवेदन गर्न न्यूनतम १०० कित्ता र सोभन्दा बढी १० ले भाग जाने गरी आवेदन गर्न सक्नेछन् ।  

शेयरमा आवेदकले मंसिर १९ गतेसम्म आवेदन गर्न सक्नेछन् भने एनआईसी एसिशया क्यापिटल बबरमहल, एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, धनगढी र सुर्खेतबाट लिलामीमा आवेदन पेश गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।