नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कावासोती शाखाले मृतक मोतिलाल न्यौपानेको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
दुई कम्पनीले बोनश तथा नगद लाभांश शेयरधनीको बैंक खातमा पठाएको छ । आशा लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाठ अनुमोदन भएको नगद लाभांश वितरण गरेको जनाएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको निक्षेप क्रमिक रुपमा घट्न थालेको छ। असार मसान्तसमा ६७ अर्ब रहेको बैंकको निक्षेप असोजमा ६६ अर्ब हुँदै अहिले पुस मसान्तमा ६३ अर्ब ६१ करोडमा झरेको छ।
आर्थिक वर्ष ०७६र७७ दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्धारा जारी “शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम दुई कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका हुन् ।
एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।
ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
सिद्धार्थ बैंकले रुकुमस्थित मुसिकोट शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका हुन् । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
प्राइम कमर्शियल बैंकले साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।
गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड २२ लाख नाफा कमाएको फाइनान्सले ८६ प्रतिशतले बढी हो ।
जीवन बीमा कम्पनीहरुको सूचिमा निकै तल परेको सानिमा लाईफ इन्स्यारेन्सले यस आवको दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गर्न सफल भएको छ । कम्पनीले जीवन बीमा शुल्कमा उछाल ल्याएको छ । सुरुको तीन महिनामा १३ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा मात्रै साढे २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर प्रगति गरेको हो ।
गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।
सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५ र७६ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनश शेयर तथा कर प्रयाजनका लागि समेत गरी ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ७५ प्रतिशत दिने घोषणा गरेको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।
नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । बिहिबार एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले आफनो घर ‘आफनै गाडी, मेगा बैंकको साथमा बढाउनुस् पाइला अगाडी’ भन्ने मसल नाराका साथ यस योजना ल्याएको हो ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको हो ।
ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जिरी आई स्टडी’ को लागि ज्योति विकास बैंकले १० लाख बराबरको आर्थिक सहयोग गरेको हो ।
मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १९.५० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १८.५२५ प्रतिशत र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिकाका वडा नं. २, १३ र २६ मा एकैसाथ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्घाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले गरे ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।