logo

कृषि क्षेत्रको विकासका लागी विश्व बैंकद्धारा ९ अर्ब ४४ करोड ऋण स्वीकृत

    2190   पटक पढिएको


१६ कात्तिक/अर्थ र व्यापार– विश्व बैंकले नेपालको नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि लगानी गर्ने भएको छ । 

विश्व बैंकको बोर्ड बैठकले ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’ स्वीकृत गरेको हो ।

कृषिका माध्यमबाट महिला उद्यमशीलताको विकास र कोभिड–१९ ले पारेको आर्थिक असर न्यूनीकरण तथा स्थानीय तहमा रोजगारी सृजना गर्नेमा परियोजना केन्द्रित गरिनेछ ।

नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भाेसले ऋण स्वीकृतिबारे जानकारी दिँदै यो परियोजनाको कार्यान्वयन सरकार र निजीक्षेत्रको सहकार्यमा हुने बताएका छन् । परियोजनाबाट चिया, कफी, फलपूmल तथा जडीबुटीको बजारीकरण तथा कोभिड–१९ को असर न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ ।

 प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने परियोजनाले मुख्यतः ग्रामीण अर्थतन्त्रको विविधीकरण र यसको बजार विस्तारमा महत्वपुर्ण हुने विश्व बैंकको अपेक्षा छ ।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले परियोजना कार्यान्वयन ढाँचा स्वीकृत गरेपछि मन्त्रिपरिषद्बाट ऋण स्वीकार गर्ने निर्णय हुनेछ । यससँगै कार्यान्वयनको प्रक्रिया थालनी हुनेछ ।

हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ ओटा परियोजना सञ्चालित छन्, जसका लागि ३ अर्ब डलरको सहयोग रहेको बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।