logo

वार्षिक एकसय कामदार नपठाएका म्यानपावरको नवीकरण सुरु

    1401   पटक पढिएको



२७ साउन/अर्थ र व्यापार – सरकारले वार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु भएको छ । वैदेशिक रोजगार विभागले उनीहरूको नविकरण सुरु गरेको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले मंगलबारदेखि नै नवीकरण सुरु गरिएको बताए । दुई वर्षसम्म वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरूको इजाजतपत्र रद्ध गरिने कानूनी व्यवस्था थियो । तर, हालै केही नेपाल ऐन संशोधनमार्फत सो प्रावधान खारेज गरिएको छ ।
खारेज गरिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरेको थियो । सोही अनुसार विभागले नवीकरण सुरु गरेको महानिर्देशक भट्टराईले बताए । उनका अनुसार नवीकरण अनलाइनमार्फत समेत गरिनेछ । त्यसका लागि म्यानपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नपर्ने हुन्छ । सोही आधारमा विभागले नवीकरण गरिदिने उनको भनाइ छ ।
२०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै दुई वर्षसम्म लगातार वार्षिक एकसय जना कामदार नपठाउने व्यवसायीको इजाजतपत्र रद्ध गर्ने व्यवस्था राखिएको थियो । तर, हरेक वर्ष बाधा अड्काउ फुकाउमार्फत सरकारले नवीकरण गर्दै आएको थियो ।
ऐनमा संशोधन भएपछि नियमावलीमा संशोधन हुन नसक्दा थप अन्यौलता कायम थियो । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले पुरानो कानूनी व्यवस्थाको अयोग्यता निष्क्रीय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानूनी बाधा नरहेको राय दिएको थियो ।
सोही आधारमा २६ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै श्रम मन्त्रालयले नवीकरण गराउन विभागलाई पत्राचार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।