logo

नेपाल र साउदीबीच श्रम सम्झौता

नेपाली कामदारको सेवा सुविधामा सुरक्षा र स्थायित्व हुने अपेक्षा

    365   पटक पढिएको



१३ माघ/अर्थ र व्यापार – नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार साउदी अरबको रियादमा श्रमिक भर्ना सम्बन्धी दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सो सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा हस्ताक्षर गर्नुपूर्व दुबै देशका समकक्षीबीच द्विपक्षीय बैठक भएको थियो । सम्झौताको क्रममा श्रममन्त्री भण्डारीले यस सम्झौताले नेपाल–साउदी अरबबीच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन एक महत्वपूर्ण दस्तावेज हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।
यस समझौताबाट साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको हकहीतको रक्षा र रोजगारको सुरक्षा हुने अपेक्षा गरिएको छ । यस सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको दूतावासले जनाएको छ ।
त्यस्तै, सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यसबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा र स्थायित्व आउने विश्वास लिइएको छ । नेपालले साउदीसँग सम्झौताका लागि दशक अगाडिदेखि नै प्रस्ताव राख्दै आएको थियो । सन् २०१० अगाडिदेखि नै नेपालले साउदीसँग सम्झौता प्रस्ताव गरिरहेको थियो ।
विशेषगरी शून्य लागतमा (श्रमिक भर्ना प्रक्रियाको शुल्क रोजगारदाताले बेहोर्ने गरी) श्रमिक लैजाने सम्झौता गर्ने प्रस्ताव अघि सार्दै आएको थियो । तर साउदीले चासो दिइरहेको थिएन ।
पछिल्लो केही वर्षयता भने अन्य क्षेत्रकासँगै घरेलु श्रमिक लैजाने सम्झौता पनि सँगै गर्नुपर्ने अडान राख्दै आएको थियो । तर नेपालले २०७२ सालदेखि नै घरेलु श्रमिकमा साउदी लगायत खाडी मुलुकमा प्रतिबन्ध लगाएको छ ।
सोही कारण साउदीसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्न सकेको थिएन । गत जेठमा स्विट्जरल्यान्डको जेनेभामा भएको तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफल क्रममा भने घरेलु बाहेकका क्षेत्रका श्रमिकका सम्बन्धमा सम्झौता गर्ने सहमति भएको थियो ।
सो समय घरेलु कामदारबारे थप छलफल हुने उल्लेख गरिएको छ । साउदीमा बिना सम्झौता वर्षौंदेखि नेपाली श्रमिकहरू गइरहेका छन् । विशेषगरी त्यहाँको निर्माण, सुरक्षा गार्ड, सरसफाइ लगायत क्षेत्रमा नेपालीहरू कार्यरत छन् ।
साउदीमा कार्यरतमध्ये हरेक वर्ष ठूलो संख्यामा श्रमिकहरूले ज्यान गुमाउने गरेका छन्। कतिपय अंगभंग भएर फर्किनु पर्ने लगायत समस्या झेलिरहेका छन् ।
अत्यधिक गर्मीमा काम गर्नुपर्ने हुँदा विभिन्न किसिमका जटिल स्वास्थ्य समस्या लिएर फर्किनेहरूको संख्या पनि ठूलो छ । कार्यस्थलमा दुर्घटना परेर बिरामी हुँदा, मृत्यु हुँदा तथा व्यवसायजन्य रोगबाट ग्रसित हुँदा श्रमिकहरूले रोजगारदाताबाट क्षतिपूर्ति नपाउने समस्या छ ।
साउदी अरबले राहत तथा क्षतिपूर्तिका लागि बीमा कार्यक्रम लागु गर्ने भने पनि अधिकांश श्रमिक पहुँच बाहिरै छन् । रोजगारदाता जिम्मेवार हुने गरी २४ घन्टे बीमा सुविधा, क्षतिपूर्ति, सामाजिक सुरक्षा लगायत सुविधा समेतको सम्झौता नगरी श्रमिकहरू पठाउँदा नेपाली श्रमिकहरूले साउदीमा ठूलो सास्ती झेलिरहेका छन् ।
करार सम्झौतामा भने जस्तो काम, तलब तथा सेवासुविधा नपाउने, दैनिक ८ घन्टा काम लगाउने भनेर १८ घन्टासम्म घोटाउने, मानव अधिकार हनन गर्ने, खाने बस्ने राम्रो सुविधा नदिई श्रम शोषण गर्ने गरेका थुप्रै घटना छन्।
साउदीले आप्रवासी श्रमिकको न्यूनतम तलब समेत तोकेको छैन। जसले गर्दा त्यहाँ श्रमिकहरूको पारिश्रमिक सेवा तथा सुविधा कति हो स्पष्ट छैन।
सन् २०२१ अघि साउदीको काफला प्रणालीका कारण नेपालीसहित सबै आप्रवासी श्रमिकहरू निकै पीडित थिए । श्रमिकले कम्पनी परिवर्तन गर्न, घर फर्किन रोजगारदाताको अनुमति बिना पाइँदैन थियो । अहिले दुई वर्ष करार अवधि सकिएपछि स्वदेश फर्किन र रोजगारदाता परिवर्तन गर्न अनुमति लिइरहनु पर्दैन ।
तर पनि अझै कतिपय अप्ठ्याराहरू बाँकी छन् । राहदानी रोजगारदातासँगै रहन्छ । श्रमिकको हक र अधिकारको विषयमा सुधार भएको भनिए पनि व्यवहारमा अझै काफला प्रणाली जस्तै अवस्था रहेको गुनासो छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूले अझै पनि यसलाई ’आधुनिक दासत्व’ भनेर आलोचना गर्ने गरेका छन् । अबको सम्झौतापछि यस्ता समस्याहरू समाधान हुने विश्वास लिइएको छ । साउदीमा पाँच लाख हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट वार्षिक डेढ लाख हाराहारी श्रमिक साउदी गइरहेका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा साउदीका लागि एक लाख ८८ हजार ६९२ जनाले श्रम स्वीकृति लिएका थिए । २०७९÷८० मा एक लाख १२ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका थिए। २०८०÷८१ मा एक लाख एक लाख ४१ हजारले श्रम स्वीकृति लिएका थिए । २०८१÷८२ मा एक लाख ५२ हजारले श्रम स्वीकृति लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।