logo

संघद्धारा वैदेशिक रोजगारीका समस्याबारे विभागका महानिर्देशक भट्टराईको ध्यानाकर्षण

    419   पटक पढिएको


२६ बैशाख/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा देखिएका समस्यासहित प्रमुख ३ समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
संघको नेतृत्वले नवनियुक्त महानिर्देशक भट्टराईलाई बिहीबार विभागमा भेट गरेर बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित वैदेशिक रोजगार प्रशासनमा रहेका समस्या अवगत गराउँदै समाधानका लागि आग्रह गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
संघले फेमिसमा देखिएको समस्यासहित अनुगमन तथा व्यवसायीविरुद्ध जारी हुने पक्राउ पुर्जी र उजुरीको मेलमिलाप प्रक्रियाबाट समाधान खोज्ने विषयलाई प्राथमिकतामा राख्ने सम्बन्धमा महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएको संघले जनाएको छ ।
संघले फेमिस प्रणाली विगत केही दिनदेखि नियमितरूपमा नचलेको, कहिले काँही संचालनमा आएपनि काम अत्यन्तै सुस्त भएकाले त्यसको प्रत्यक्ष असर दैनिक ठूलो संख्यामा वैदेशिक रोजगामा जान तयार भएका श्रमिकहरूमा परेको बताएको छ ।
फेमिसमा बारम्बार समस्या आउँदा अग्रिम टिकट बनाइसकेका श्रमिकहरूको रोजगार गुम्ने, व्यवसायी र श्रमिक दुवैलाई आर्थिक र मानसिकरूपमा क्षति पुग्ने तथा नेपालीहरूलाई रोजगार दिने रोजगारदाता मुलुक तथा कम्पनीहरूसँगको विश्वास र सहकार्यमा समेत नकारात्मक प्रभाव पर्ने संघको भनाइ छ । यस्तो गम्भिर समस्याका सम्बन्धमा जानकारी माग्दा जिम्मेवार र समाधानमुखी तथा आधिकारिक सूचनासमेत सार्वजनिक नहुने अत्यन्तै दुर्भाग्यपूर्ण विषय रहेको भन्दै संघले नवनियुक्त महानिर्देशकको कार्यकालमा सुधारको अपेक्षा गरिएको जनाएको छ ।
त्यस्तै संघले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएर काम गरेको अवस्थामा अनुगमन तथा निरीक्षणका लागि भन्दै अनुगमनमा जाने कर्मचारीले भिसा प्रक्रियमा रहेका सम्पूर्ण राहदानीहरू लैजाने, उजुरीको प्रकृति नबुझी संस्थाको कारोबार बन्द गर्ने, संस्थाको धरौटी कायम रहेको अवस्थामा समेत संचालकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र संचालकलाई आतंकित हुने गरी अनावश्यक प्रश्न गर्ने गरिएकोमा आपत्ति जनाएको छ ।
उजुरीका सम्बन्धमा म्यानपावर संचालकलाई सूचीत नगराइ धरौटी कट्टा गर्ने जस्ता प्रवृत्ति देखिएको भन्दै संघले अनावश्यक दुःख दिने कार्य तत्कालै रोकेर सौहार्दपूर्ण वातावरणमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि महानिर्देशक भट्टराईको ध्या(नाकर्षण गराएको छ ।
त्यस्तै संघले केही व्यक्ति तथा समूहले आफ्नो स्वार्थपूर्तिका लागि मिडियाकर्मी, सामाजिक अभियन्ता वा अन्य तेस्रो पक्षका नामबाट विभागमा उजुरी दर्ता गराइरहेको गुनासो आएको भन्दै इजाजतपत्रवाला संस्थाका विरुद्धमा उजुरी दर्ता गर्नुअघि अनिवार्यरूपमा मेलमिलाप प्रक्रियालाई अघि बढाउन माग गरेको छ ।
प्रारम्भिक छलफल नगरी उजुरी दर्ता गराउँदा व्यवसायीहरू अनावश्यक कानुनी प्रक्रियामा फस्न सक्ने भएकाले मेलमिलाप कक्षमा विभागका एक जना प्रतिनिधिसहित छलफल गरिएमा उजुरीहरूको वास्तविकता प्रष्ट हुने र समस्या समाधानको पहिलो प्रयास हुने सो संघले जनाएको छ ।
विभागका नवनियुक्त महानिर्देशक भट्टराईले वैदेशिक रोजगार प्रशासनमा रहेका प्राविधिक, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि आफूले सकारात्मक पहल गर्ने आश्वासन दिएका छन् ।
संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा गएको संघको टोलीमा संघका पदाधिकारी र सदस्य तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापालगायतका व्यवसायीहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।