logo

स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्याउन दुई संघको आग्रह

बढी रकम असुल्न खोज्ने संस्थाहरूबाट परीक्षण नगराउन आग्रह

    912   पटक पढिएको

८पुष/अर्थ र व्यापार- नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले, नेपाल सरकारले तोकेको मूल्यमा स्वास्थ्य परीक्षण गराउन र वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । मेडिकल तथा ओरियन्टेसन समस्या समाधानका लागि गठित समितिका संयोजक सुजितकुमार श्रेष्ठ तथा स्वास्थ्य संस्था सञ्चालक संघका महासचिव रघुनाथ पनेरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी उक्त आग्रह गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय पु¥याइएकोमा विरोधपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कात्तिक ३० गते खारेजी भएको अवस्थामा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले सोही शुल्क लिन खोजेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

स्वास्थ्य परीक्षण शुल्क घटाउने श्रम मन्त्रालयको निर्णयपछि पनि केही स्वास्थ्य व्यवसायीहरूले बढेको शुल्क लिन पाउनुपर्ने भनी शुल्क वृद्धि खारेजीको विरोध गर्दै स्वास्थ्य संस्थाहरू बन्द गरी सेवाग्राही कामदारहरूलाई दुःख दिने, कृत्रिम अभाव सिर्जना गरेर वैदेशिक रोजगारीको वातावारण बिगार्ने प्रयास गरिरहेको सुन्नमा आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न बहाना बनाएर साबिकको शुल्कमा स्वास्थ्य परीक्षण गराउने विषयमा मन्त्रालयको विशेष ध्यानाकर्षण गराएको भन्दै दुवै संस्थाले सरकारी निर्णयको उल्लंघन गरी बढी रकम असुल्न खोज्ने स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य परीक्षण नगर्न–नगराउन पनि आग्रह गरेका छन् । नेपाल सरकारले तोकेको गुणस्तरीय स्वास्थ्य परीक्षण गराउने र कामदारको स्वास्थ्य सुरक्षासँग सम्बन्धित सर्तहरू एकआपसमा पालना गर्दै दुई संघका सदस्य संस्थाहरूबीच गुणस्तरीय स्वास्थ्य परीक्षणलाई ध्यानमा राखी सहकार्य गर्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यसका साथै जेनजी आन्दोलनमा शहीद तथा घाइते परिवारको एकाघरका सदस्यलाई वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारद्वारा प्रदान गरिएको पत्र र संघसमेतको सिफारिसका आधारमा स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले घाइतेको हकमा ५० प्रतिशत र शहीद परिवारको हकमा शतप्रतिशत सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।