logo

अब वैदेशिक रोजगारीमा जानेले दुईवटा बैंक खाता खोल्नैपर्ने

    1790   पटक पढिएको

३० असार / अर्थ र व्यापार – अब अनिवार्य रुपमा वैदेशिक रोजगारीमा जाने नेपालीले दुईवटा बैंक खाता खोल्नुपर्ने प्रावधान सरकारले ल्याउने भएको छ । दुई खातामध्ये एउटा आफ्नो नाममा हुनेछ भने अर्को परिवारका नाममा । उपभोग मै रेमिट्यान्स सकाउने क्रम रोक्न दुई खाताको अवधारणा ल्याइएको हो ।

वैदेशिक रोजागारीमा गएका व्यक्तिले अहिले पनि हुण्डीबाट पैसा पठाउने गरेका छन् । यो रोक्नलाई दुईवटा बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने छ । अहिले बैदेशिक रोजगारीमा गएका ब्यक्तिले नेपालमा पठाउने रकम अधिकांश उपभोगमा खर्च हुने गरेको छ । अधिकांश रकम उपभोगमा खर्च नहोस् भनेर घर खर्चका लागि छुट्टै परिवारको खाता खोल्ने व्यवस्था गर्न लागिएको हो ।

साथै अहिले बैदेशिक रोजगारीमा गएकाहरुले रकम घरमा पठाउने तर घरमा श्रीमतीले रकम लिएर अर्कै्सित हिँड्ने गरेका घटना पनि धेरै सुनिन्छन् । दुई वटा खाता खोलेपछि यसमा कमि आउने आशा गरिएको छ । सरकारले बिमा पनि परिवार र आफ्नो दुबै गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा जानेले आफ्नो बीमा गरेर जानुपर्ने व्यवस्था थियो ।

मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक २०७३ मा परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइने व्यवस्था छ । व्यवस्थापिका संसदमा यो बिधेयक दर्ता भएको छ । संसदले पास गरेपछि मात्रै यो विधेयक पुर्ण रुपमा कार्यान्वयनमा आउँनेछ ।

विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम मात्रै तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । नेपालम(ा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले गतवर्ष गरेको अध्ययनले यस्तो देखाएको थियो । नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न र २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखघएको छ ।

खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ । यही क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको छ ।

सरकारले गत महिना जारी गरेको आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कुल गार्हस्थ बचतको अंश ५ दशमलव ३ प्रतिशत रहेकोे छ । तर जीडीपीमा कुल राष्ट्रिय बचतको अंश ४२ दशमलव ९ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।