logo

ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्टिलिटी एजुकेसनको पोखरामा व्यावसायिक तालिम केन्द्र आरम्भ,

    2094   पटक पढिएको

 

१६ कात्तिक  / अर्थ र व्यापार - पोखरा । विगत एक दशकदेखि नेपालमा आतिथ्य सत्कार तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौं स्थित ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्टिलिटी एजुकेसन (गेट कलेज) ले संगठित सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा विशेष प्रकृतिको व्यावसायिक तालिम केन्द्र (भोकेसनल स्कूल) आरम्भ गरेको छ ।
राइट फर चिल्ड्रेन नामक गैरनाफामूलक संस्था र विश्वभरि १०५ भन्दा बढी पाँचतारे होटलहरू रहेको स्विजरल्यान्डको मोभिटेन्टिक होटलसहितका अन्तर्रा्ष्ट्रिय होटलहरूकोे सहकार्यमा उक्त भोकेसनल स्कूल आरम्भ गरिएको हो ।
न्यून आय भएका र अवसरबाट बञ्चित नेपालीहरूलाई एक वर्षको तालिम र त्यसपछि विश्वभरि रहेका मोभिटेन्टिक होटलसहितका अन्तर्रा्ष्ट्रिय होटल चेनमा रोजगारीसमेत प्राप्त हुने गेट भोकेसनल, फ्याबले जनाएको छ । प्रारम्भमा ४० जनाले एक वर्षको निःशुल्क व्यावासायिक तालिम र अन्तर्रा्ष्ट्रिय रोजगारी पाउने छन् । नेपालमा यस किसिमको अवसर उपलब्ध गराउने गेट फ्याब स्कुल पहिलो संस्था बनेको छ । गेट भोकेसनल–फ्याब स्कुलको उद्घाटन मोभेन्टिक होटल्सका प्रेसिडेन्ड जँ ग्राबियल तेरेले उद्घाटन गर्नुभयो । हाल त्यहाँ प्रशिक्षित सबै प्रशिक्षार्थीहरूले एक वर्षको तालिम पूरा गरिसकेपछि मोभेन्टिक होटलमा विश्वभरि रहेका सतप्रतिशत रोजगारी पाउने उहाँले बताए ।
यौन हिंसाका शिकार भएका, मानव बेचविखनका शिकार, घरेलु  हिंसाबाट पीडित कामदार वा अत्यन्तै न्यून आय भएका विपन्न वर्ग तथा अवसरबाट बञ्चित विशेष समुदायका युवाहरूले अन्तर्रा्ष्ट्रिय रोजगारीको प्रत्याभूतिसहित निःशुल्क पढ्न पाउने व्यवस्था गरिएको गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत खेम लकाईं बताउँछन् । रोजगारीसहितको निःशुल्क अध्ययनका लागि योग्य युवाहरूको छनोट राइट फर चिल्ड्रेनले गर्नेछ भने गेट भोकेसन, फ्याबले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसारको प्रशिक्षण प्रदान गर्ने र मोभेन्टिकसहितका विश्वभरिका प्रमुख होटलहरूले रोजगारी उपलब्ध गराउने छन् ।
“संसारमा पाँच प्रतिशतमात्र व्यक्तिमा अतिधनी छन् । उनीहरूले आफ्नो सम्पत्तिको सानो हिस्सामात्र यस्ता पछाडि परेका व्यक्तिहरूको हितका लागि खर्च गरेमा पनि संसार सुन्दर हुनेछ,” राइट फर चिल्ड्रेनका संस्थापक डग्लस म्याकलगनले भने ।
कार्यक्रममा प्याभिलिन ग्लोबल होटलका सञ्चालक गोर्डन, लम्जबर्गका संस्थाका पूर्व्निर्देशक पलसहितका अन्तर्रा्ष्ट्रिय होटल चेन र प्रतिष्ठित संस्थाहरूका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति थियो । फ्याब स्कुलले गेट  भोकेसनलका सम्पूर्ण शाखामार्फत यस्ता अतिआश्यकता रहेका तर पहुचबाट विद्यार्थीहरूलाई संसारभरिका उत्कृष्ट होटलहरूसँग सहकार्य गरी अन्तर्रा्ष्ट्रिय स्तरकै रोजगारीको प्रत्याभूतिसहित वार्षिक २ सय जनालाई निःशुल्क अध्यापन गराइने गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईं बताउँछन् ।
“वार्षिक २ सय जना युवालाई निःशुल्क अध्यापनसँगै रोजगारीको प्रत्याभूति गराइँदा वार्षिक १ हजार परिवारले त्यसको लाभ प्राप्त गर्न सक्छन्,” लकाईंले भन्नुभयो, “अन्तर्रा्ष्ट्रिय होटलहरूले मात्र होइन, नेपालका होटलले पनि जनशक्तिमा लगानी गर्ने समय आयो । यदि उहाँहरूले तयार हुनुभयो भने नेपालमा पनि रोजगारीसहितका प्रशिक्षणका लागि सहकार्य गर्न गर्न तयार छौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।