logo

श्रम क्षेत्रमा ठूलो परिवर्तन गर्दै साउदी अरेविया

    1939   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार– साउदी अरेवियाले आफ्नो श्रम क्षेत्रमा व्यापक सुधारको घोषणा गरेको छ । 

साउदी अरेवियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले परिवर्तित लेबर रिफर्म इनिसिएटिभ (एलआरई) १४ मार्च २०२१ बाट लागू हुने गरी श्रम क्षेत्रमा व्यापक सुधारको घोषणा गरेका हो । 

गल्फ न्यूजका अनुसार नयाँ श्रम नितीले मजदुरहरुमा काम परिवर्तनको अवसर दिनुका साथै रोजगारदाताको अनुमतिबिना निष्कासन तथा पुनः प्रवेश भिसाको सुविधा पनि पाउने जनाएको छ । 

लेबर रिफर्म इनिसिएटिभ (एलआरई)ले  कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको रुपमा विकास गर्ने अपेक्षा गरेको जनाएको छ । यस सुधारले मजदुर र रोजगारदाताको अधिकारको पनि रक्षा गर्ने जनाएको छ ।

तीन करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा एक करोड ५ लाख बराबर विदेशी जनसंख्या रहेको छ । यो परिवर्तनले मजदुरले रोजगारदाताको स्वीकृति बिना काम परिवर्तन गर्न पाउने छन् ।

साथै रोजगारदाताको अनुमतिबिना साउदी बाहिर जान पाउने छन् । भने पुन प्रवेशाज्ञासमेत पाइनेछ । आफ्नो कामको अनुबन्धन समाप्त भएसँगै रोजगारदाताको अनुमतिबिना देश छाड्न समेत कामदारले पाउने मन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।