logo

सशस्त्र प्रहरीले नयाँ भर्नाका लागि माग्यो २३ सय जवान 

    2399   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – सशस्त्र प्रहरीले प्रहरी जवान र प्रहरी परिचर पदमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ । मंगलबार सूचना प्रकाशित गरी प्रहरी जवानतर्फ २३ सय जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो । खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ । 

खुल्लातर्फ १२ सय १९, महिलातर्फ २०७, आदिवासी जनजातितर्फ २९०, दलितमा १५५, पिछडिएको क्षेत्रमा ५२ र अमर अशक्त प्रहरी परिवारका लागि ४६ कोटा निर्धारण गरिएको छ । यस्तै, परिचरतर्फ भान्से, केश कर्तक, सुचीकार, कुचीकार, चर्मकर्मी गरी दुई सय जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको हो ।

दरखास्त दिन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलका प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन् । सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट पनि उम्मेदवारले दरखास्त दिन सक्नेछन् । जवानका लागि न्युनतम शैक्षिक योग्यता कक्षा ८ पास भएको हुनु पर्नेछ । 

परीक्षा फाराम साउन ३१ गते मंगलबारदेखि भदौ २८ गतेसम्म भर्न सकिनेछ । १८ वर्ष पूरा भई २५ वर्ष नकटेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्नेछन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।