logo

बैदेशिक रोजगार व्यवसायि संघको अध्यक्षमा रोहन गुरुङको उम्मेदवारी घोषणा

    3811   पटक पढिएको

३१ जेठ/ अर्थ र व्यापार- आगामी असार १७ गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायि संघको २५ औं निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायीहरुका विभिन्न ६ संस्थासँग तालमेल गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

संयुक्त व्यावसायिक समुहबाट गुरुङले मंगलबार उम्मेद्वारी घोषणा गरेका हुन् । व्यवसायिक समुहमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च विभिन्न संगठन सँगको तालमेल सहित ‘सयुक्त व्यवसायिक समूह’ का नाममा निर्वाचनमा होमिने भएको छ । रोहन गुरुङ नेतृत्वमा बन्ने संयुक्त व्यवसायिक समूहमा विभिन्न ६ वटा संघ संस्थाको गठबन्धन भएको हो ।


संयुक्त व्यवसायिक समूह बनाउने सहमतिका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर ‘वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्या्दित बनाउने’ नारा शत प्रतिशत पुरा गर्न सहकार्य जरुरी रहेको संयुक्त व्यवसायी समूहका संयोजक सरोज पोखरेलले वताए । समुहमा रहेका संस्थाहरु बाट प्रतिनिधित्व हुने गरी संघको आउँदो चुनावमा संयुक्त उम्मेद्वारी दिने निर्वाचन परिचालन मूल व्यवस्थापन समितिका संयोजक सरोज कुमार पोखरेलले वताए ।

सहमति अनुसार गणतान्त्रिक मञ्चलाई प्रथम उपाध्यक्ष सहित सचिव र ३ सदस्य, मगर समाजलाई कोषाध्यक्ष, तामाङ समाजलाई सदस्य दिने गरी सहमति भएको पोखरेलले बताए । अध्यक्ष पदका लागि भने यस अघि नै रोहन गुरुङको नाम सर्बसम्मत भइसकेको छ । संयुक्त प्यानल बनाउने सहमति भएपछि अध्यक्षमा उम्मेदवारी दिएका गुरुङले मञ्चको उपाध्यक्ष बाट राजिनामा दिएका छन् । गुरुङले सबै व्यवसायी लाई समेट्नका लागि र संघमा राजनीति अन्त्य गर्नका लागि  मञ्चको उपाध्यक्षबाट राजिनामा दिएको वताए ।

सहमति अनुसार यो समूहबाट प्रथम उपाध्यक्षमा गणतान्त्रिक मञ्चका रामप्रसाद भन्तना निश्चित भएका छन् भने द्वितिय उपाध्यक्षमा मञ्चका मुक्ति अधिकारी, तृतिय उपाध्यक्षमा तामाङ समाज बाट शुक्र पाख्रिन, महासचिवमा मञ्चका अध्यक्ष नरेश गेलाल, सचिवमा गणतान्त्रिकका ईश्वर जिसी र कोषध्यक्षमा मगर समाजबाट रमिला ताम्राकारको सम्भावना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।