logo

आर्थिक चलखेलका निम्ति व्यापारिक संस्था खडा गरिएको भन्दै कतार भिसा सेन्टरको बिरुद्धमा वैदेशिक रोजगार व्यवसायी

    1627   पटक पढिएको

२३ असार/अर्थ र व्यापार– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आर्थिक चलखेल गर्नका लागि व्यापारिक संस्था ‘कतार भिसा सेन्टर’ (क्युभिसी) खडा गरेको भन्दै बिरोध गरेका छन् ।

संघले कतार भिसा सेन्टर (क्युभिसी) खडा गरी एकाधिकारका लागि व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

यसअघि नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कतारमा कामदार जाने गरिएकोमा हाल मिलेमतोमा आर्थिक चलखेल गर्ने उद्धेश्यले कतार भिसा सेन्टर (क्युभिसी)खडा गरेको बताएका छन् ।

संघले सीमित व्यक्तिको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएको भन्दै यसका विरुद्ध युवा कामदार र व्यवसायीसहित चरणवद्ध रुपमा आन्दोलनमा उत्रने जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले कतार भिसा सेन्टर (क्युभिसी) को आवश्यकता र क्रियाकलापको बारेमा यथाशिघ्र छानबिन गर्न सरकारसंग माग गरेका छन् ।

तामाङले दुरदराजबाट विदेश जान सपना देखेर आएका युवाहरु २० दिनसम्म क्वियु भिसीको लागि डेट कुरेर बस्दा उल्टै ऋणमा डुबेको बताए ।

संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले क्युभिसीले नेपाली कामदारमाथि ज्यादती गरेको भन्दै एकपक्षीय रुपमा व्यवसायी र कामदारको हितविपरित आर्थिक भार थप्ने तथा अघोषित सिन्डिकेट कायम गर्ने नियत प्रष्ट देखिएको बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।