logo

स्थानीय तहबाटै १ लाखलाई रोजगारीः श्रम मन्त्री बिष्ट

    1975   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले ७५३ वटै स्थानीय तहबाट १ लाख रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम तयार गरिरहेको बताएका छन् । 

मन्त्री बिष्टले प्रत्येक स्थानीय तहमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउने बताएका हुन् । 

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधयेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको श्रमशक्तिलाई आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना गराउन लागिरहेको बताए ।

अबको केही दिनमा नै सम्पूर्ण स्थानीय तहमा कुन उपायले के काम सिर्जना गर्न सकिन्छ व्यवस्थित कार्यविधि सहित विवरण सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् । खानेपानी, कृषि, भौतिक पूर्वाधार, ऊर्जा तथा वन मन्त्रालयसँग समन्वय गरी रोजगारी सिर्जनाका लागि काम अघि बढाउन लागिरहेको उनले बताए ।

मन्त्री विष्टले अहिले ४३ लाख युवाहरु वैदेशिक रोजगारीमा रहेको र अबको ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुनपर्ने गरी कार्यक्रम तयार गरिरहेको उल्लेख गरेका छन् ।

वैदेशिक रोजगारीमा देखा परेका विकृती अन्त्य गर्नका लागि नीतिगत र कानुनी सुधारका काम भइरहेको पनि उनले जानकारी दिए। राम्रो मापदण्ड बनाएर वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने तयारी आफूले गरिरहेको पनि उनले बताए ।

वैदेशिक रोजगारीमा देखिएका असुरक्षाका वातावरण अन्त्य गर्नका लागि काम भइरहेको उनले जानकारी दिए । रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउने र उत्पादनशील क्षेत्रमा लगाउन अध्ययन भइरहेको उनले संसदलाई जानकारी गराएका छन् ।

वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न मागपत्रलाई विदेशमा रहेका नियोगबाट प्रमाणीकरण गर्ने काम थालिएको उनले बताए। वैदेशिक रोजगारीमा जान चाहने युवालाई सीपसहित पठाउने र गुणस्तरीय ज्याला दिलाउनका लागि प्रयत्न भइरहेको पनि उनले बताए।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।