logo

मलेसिया उडान ठप्प, कुटनितिक पहल आवश्यक

    14113   पटक पढिएको

२ असार / अर्थ र व्यापार- यसअघि दैनिक ११/१२ वटा सम्म उडान हुने काठमाडौं मलेसिया उडान ठप्प प्राय बनेको छ ।  सरकारले गत जेठ ६ गते मलेसिया कामदार पठाउने प्रक्रियामा संलग्न संस्थाहरुलाई बन्द गराएपछि हाल दैनिक करिव रित्तै ३ वटा उडान हुने गरेको नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले वताए ।

यसअघि मालिन्दो,मलेसियन,एयर एशिया,नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले गरेर दैनिक ११/१२ वटा उडान गरेकोमा हाल दैनिक ३ वटा उडानमा सिमित हुन पुगेको हो ।

सरकारले कामदारहरुको भीषा लगायत विभिन्न शीर्षकमा उठाइने अतिरिक्त शुल्क बन्द गर्ने बताए पनि दुई देशबीच कूटनीतिक सम्पर्क बलियो बन्न नसकेका कारण वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य मध्येको एक मलेसिया जाने हजारौँ नेपाली कामदार प्रभावित बनेका छन् । जसका कारण कामदार र आफूहरू अन्योलपूर्ण अवस्थामा पुगेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । मलेसिया जानका निम्ति आवश्यक सुरक्षा सम्बन्धी पत्र आइएससी दिने प्रक्रिया बन्द हुँदा हालसम्म १२ हजार भन्दा बढी नेपाली कामदारहरु रोजगारीमा जान बञ्चित भएका छन । यसबाट राजधानीको होटल तथा ट्राभल्स एजेन्सीहरु समेत प्रभावित भइरहेका छन् । 

यसैविच वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरु पाइला–पाइलामा ठगिएकोमा त्यसको अन्त्य गर्ने श्रम मन्त्री बिष्टको उद्देश्य ठिक भएपनि प्रक्रिया गलत भएको बैदेशिक रोजगारका जानकारहरु वताउँछन । अतिरिक्त शूल्क नेपालका कुनै अमूक व्यक्ति वा कम्पनीले थोपरेको भन्दा पनि त्यो मलेसिया सरकारकै निर्णय भएकोले नेपाली व्यवसायीहरुलाई थुनेर मात्र यो समस्याको समाधान सम्भव नहुने र समस्या समाधानका लागी मलेसिया सरकारसँग कुटनितिक पहलमा सम्वाद र सहमति गर्न आवश्यक रहेको जानकारहरु वताउँछन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।