logo

मलेसिया उडान ठप्प, कुटनितिक पहल आवश्यक

    14493   पटक पढिएको

२ असार / अर्थ र व्यापार- यसअघि दैनिक ११/१२ वटा सम्म उडान हुने काठमाडौं मलेसिया उडान ठप्प प्राय बनेको छ ।  सरकारले गत जेठ ६ गते मलेसिया कामदार पठाउने प्रक्रियामा संलग्न संस्थाहरुलाई बन्द गराएपछि हाल दैनिक करिव रित्तै ३ वटा उडान हुने गरेको नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले वताए ।

यसअघि मालिन्दो,मलेसियन,एयर एशिया,नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले गरेर दैनिक ११/१२ वटा उडान गरेकोमा हाल दैनिक ३ वटा उडानमा सिमित हुन पुगेको हो ।

सरकारले कामदारहरुको भीषा लगायत विभिन्न शीर्षकमा उठाइने अतिरिक्त शुल्क बन्द गर्ने बताए पनि दुई देशबीच कूटनीतिक सम्पर्क बलियो बन्न नसकेका कारण वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य मध्येको एक मलेसिया जाने हजारौँ नेपाली कामदार प्रभावित बनेका छन् । जसका कारण कामदार र आफूहरू अन्योलपूर्ण अवस्थामा पुगेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । मलेसिया जानका निम्ति आवश्यक सुरक्षा सम्बन्धी पत्र आइएससी दिने प्रक्रिया बन्द हुँदा हालसम्म १२ हजार भन्दा बढी नेपाली कामदारहरु रोजगारीमा जान बञ्चित भएका छन । यसबाट राजधानीको होटल तथा ट्राभल्स एजेन्सीहरु समेत प्रभावित भइरहेका छन् । 

यसैविच वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरु पाइला–पाइलामा ठगिएकोमा त्यसको अन्त्य गर्ने श्रम मन्त्री बिष्टको उद्देश्य ठिक भएपनि प्रक्रिया गलत भएको बैदेशिक रोजगारका जानकारहरु वताउँछन । अतिरिक्त शूल्क नेपालका कुनै अमूक व्यक्ति वा कम्पनीले थोपरेको भन्दा पनि त्यो मलेसिया सरकारकै निर्णय भएकोले नेपाली व्यवसायीहरुलाई थुनेर मात्र यो समस्याको समाधान सम्भव नहुने र समस्या समाधानका लागी मलेसिया सरकारसँग कुटनितिक पहलमा सम्वाद र सहमति गर्न आवश्यक रहेको जानकारहरु वताउँछन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।