logo

लोकसेवाले खुलायो ७५१ जना खरिदार 

    2364   पटक पढिएको


३० फागुन/ अर्थ र व्यापार - काठमाडौं । लोकसेवा आयोगले ७५१ जना खरिदार खुलाएको छ । लोकसेवाले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन खुलाएको हो । विज्ञापन अनुसार सबैभन्दा धेरै सगरमाथा अञ्चल कार्यलय, दिक्तेलमा ११३ जना रहेको छ भने सबैभन्दा थोरै मेची अन्चल कार्यलय, इलाममा २३ जना रहेक छन् ।

त्यसैगरी पुर्वाञ्चल क्षेत्रिय निर्देशनालय, धनकुटामा ३९ जना, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय, नयाँ बानेश्वरमा ८७ जना, जनकपुर अञ्चल कार्यालय, जनकपुरमा ४९ जना, नारायणी अञ्चल कार्यालय, हेटौडामा ८८ जना र पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, पोखरामा ४६ जना माग रहेका छन् । लुम्बिनी अञ्चल कार्यालय, बाग्लुङमा ४२ जना, मध्य पश्मिाञ्चल क्षेत्रिय निर्देशनालय, सुर्खेतमा ५८ जना, राप्ती अञ्चल कार्यालय, दाङमा ४१ जना माग भइ आउँदा कर्णाली अञ्चल कार्यलय, जुम्लामा ४२ जना माग रहेका छन् । त्यस्तै सुदुर पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, दिपायलमा २६ र महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरमा ५१ जनाको माग रहेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गरिने यस परिक्षमा भाग लिन चैत २० गतेसम्म सिङगल र चैत २७ गतेसम्म दोब्बर दस्तुर तिरेर भाग लिन सकिन्छ । फारम अनलाइनबाट जुनसुकै ठाउँबाट भर्न सकिने लोकसेवाले जनाएको छ । फारम भर्नका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसैगरी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परिक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक भएमा फारम भर्नपाउने छैनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।