logo

इपिएस कोरिया शाखा द्वारा पुनः फारम भर्न पाउने व्यवस्था

    2267   पटक पढिएको


२८ कार्तिक / अर्थ र व्यापार - काठमाडौंँ । कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएँको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।

रोजगारी आवेदन फारम भर्नका लागि कात्तिक १४ देखि २६ गतेसम्मको अवधि तोके पनि भाषा परीक्षा उत्तीर्ण साढे तीन सयभन्दा बढीले फारम नभरेकाले पुनः फारम भर्न पाइने व्यवस्था मिलाइएको हो । निकै मेहनतका साथ कोरिया भाषा परीक्षा उत्तीर्ण गरे पनि कतिपयले कारणवश रोजगारी आवेदन फारम भर्न छुटाएको आशंका गर्दै वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले त्यस्ता व्यक्तिका लागि पुनः फारम भर्न पाउने व्यवस्था मिलाएको छ ।
रोजगारी आवेदन फारम भर्नका लागि शाखाले कात्तिक १४ देखि २६ गतेसम्मको अवधि तोके पनि भाषा परीक्षा उत्तीर्ण गरेका साढे तीन सयभन्दा बढीले फारम नभरेको पाइएपछि शाखाले पुनः फारम भर्न पाइने व्यवस्था मिलाएको हो । कोरिया जानुअघि कामदारले अनिवार्य रूपमा रोजगारी आवेदन फारम भर्नुपर्छ । आवेदन फारम नभरेका कामदारलाई कोरियन रोजगारदाताले बोलाउँदैनन् । विगतका वर्ष तोकिएको अवधिसम्म मात्र रोजगारी आवेदन फारम भर्न पाउने सुविधा हुन्थ्यो ।
‘निकै मेहनतका साथ भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाएकालाई केही समयसम्म आवेदन फारम भर्न पाउने व्यवस्था मिलाएका छौं,’ इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने, ‘भाषा परीक्षा उत्तीर्ण गरेका व्यक्ति कोरिया रोजगारीबाट वञ्चित नहून् भनेर यस्तो व्यवस्था गरेका हौं ।’
 

तोकिएको अवधिभित्र रोजगारी आवेदन फारम भर्न छुटाएकालाई शाखाले पुनः फारम भर्न दिने व्यवस्था मिलाए पनि कहिलेसम्म त्यस्तो सुविधा दिइने भन्नेबारे निर्णय नगरिएको उनले बताए । उनले भने, ‘तोकिएको अवधिभित्र फारम भर्न छुटाएकालाई जतिसक्दो चाँडो फारम भर्न आग्रह गरेका छौं । यस्तो सुविधा सम्भवतः ६ महिना जतिलाई दिन सकिएला ।’
भाषा परीक्षा उत्तीर्ण गरेका युवायुवतीले रोजगारी आवेदन फारम भरेपछि कोरियन रोजगारदाताले आफू अनुकूलका कामदारलाई बोलाउँछन् । शाखाले रोजगारी आवेदन फारम भरेका व्यक्तिको नाम कोरियाको मानव संशाधन विभागमा पठाएपछि बल्ल कामदारको नाम रोस्टर सूचीमा प्रकाशित हुन्छ  । भण्डारीले सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरी रोजगारी आवेदन फारम भरेकाको नाम कोरिया पठाउन दुई महिना जति लाग्ने बताए । ‘हरेक आवेदनकर्ताको तस्बिरसहित कामको सबै विवरण स्क्यान गरेर कोरिया पठाउनुपर्छ,’ उनले भने, ‘त्यसैले काममा केही ढिलाइ हुन्छ ।’
सन् २०१८ का लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या भाषा परीक्षा सुरु भएयताकै दोस्रोपटक सबभन्दा बढी हो । सबभन्दा बढी सन् २०११ मा  १५ हजार ६ सय ७८ ले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २०१० को तुलनामा तीन गुणाभन्दा बढीलाई भाषा परीक्षा उत्तीर्ण गराएका कारण कोरियाले सन् २०१२ मा भाषा परीक्षा सञ्चालन गरेन । सन् २०१० मा चार हजार एक सय ८० ले भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।

सन् २०१८ का लागि सुरुमा १० हजार पाँच सय कोटा तोकिएको घोषणा गरेको कोरियाले भाषा परीक्षामा भने १२ हजार एक सय आठ जनालाई उत्तीर्ण गराएको छ । गत असार २७ र २८ गते भएको भाषा परीक्षामा ६८ हजार तीन सय ८३ ले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धीको संख्या अहिलेसम्मकै सबभन्दा बढी हो । शाखाका अनुसार सन् २०१८ मा रोजगारीका लागि कोरिया जान सबैभन्दा बढी कृषि क्षेत्रमा सात हजार दुई सय ४२ युवाको आवेदन परेको छ । औद्योगिक क्षेत्रमा काम गर्नका लागि साढे चार हजारले आवेदन भरेको शाखाले जनाएको छ । महिनामा न्यूनतम एक लाख ४२ हजार रुपैयाँ पारिश्रमिकका अतिरिक्त ओभरटाइम पनि पाइन्छ । सबै जोड्दा महिनामा दुई लाख रुपैयाँ पारिश्रमिक पाइन्छ । तैपनि लागत खर्च कम भएका कारण त्यहाँको रोजगारीमा युवायुवती निकै आकर्षित छन् । भाषा परीक्षा उत्तीर्ण गर्नेले कोरिया जान एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्न नपर्ने भण्डारी बताउँछन् । आकर्षणको अर्को कारण कामदार त्यहाँ बस्न पाउने अवधि पनि हो । खाडी मुलुकमा दुई तथा मलेसिया जाने कामदारलाई तीन वर्षको श्रम स्वीकृति दिइने गरेकोमा कोरिया जानेलाई चार वर्ष १० महिनाको दिइन्छ ।
सन् २००८ यता ४९ हजार ६ सय ८४ जना रोजगारीका लागि कोरिया गएका छन् । यसमा महिलाको संख्या तीन हजार ५९ छ । कोरिया गएकामध्ये केही श्रम स्वीकृतिको अवधि गुजारेर घर फर्के पनि अझै करिब ३० हजार उतै रहेको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।