logo

व्यावसायिक पशुपालनमा महिलाहरुज्को सङ्लगनता

    1741   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-कोहलपुर १२ चप्परगौडीमा स्थित ३२ वर्षीया शारदा शर्माको सिर्जनशील गाई फर्ममा १५ मध्ये ६ दुहुना छन् । उनको फर्मबाट करिब ६० लिटर दूध उत्पादन हुन्छ । उनले गाईपालनबाटै मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेकी छन् । 

खर्च कटाएर महिनामा ४० देखि ६० हजारसम्म बचत पनि हुन्छ । फार्ममा ६ गाई ब्याउने छन् । स्नातकोत्तर गर्दै गरेकी शर्माले पुख्र्यौली व्यवसायलाई व्यावसायिक बनाएर बाँसगडीमा २ बिगाहा र कोहलपुरमा १० धुर जग्गा र घडेरी जोडिसकेको छिन् । फार्मका लागि चाहिने घाँसका लागि उनले २ बिघा जग्गा भाडामा लिएकी छन् ।

 घरको सबै खर्च र दुई भाइको पढाइ खर्च यही आम्दानीले धानेको छ । वार्षिक ६ लाखसम्म आम्दानी हुन्छ । यहाँ उत्पादित दूध नजिकैको पसल र डेरीमा खपत हुन्छ । उनी नेतृत्वको फार्मलाई बाबु, आमा र दुई बुहारीले सघाइरहेका छन् । उनलाई  जागिरलेभन्दा आफ्नै व्यवसायले सन्तुष्टि दिइरहेको छ  । ०६६ देखि व्यावसायिक पशुपालन गरिरहेकी उनले आफ्नो फार्मलाई वातावरणमैत्री बनाउँदै छिन् । नेपाल चिल्ड्रेन एजुकेसन प्रोग्रामको अध्यक्षसमेत रहेकी शर्माले समाजसेवा र व्यावसायिक पशुपालनलाई सँगसँगै लगेकी छन् ।

त्यस्तै चिसापानी ९ की मीना मल्ल, खजुराकी तुलसा खरेल, फत्तेपुरकी गंगा शाह, रझेनाकी रमिला थापा, खजुराकै विमला डाँगी, बेलभारकी गीताकुमारी मौर्यले पशुपालनमार्फत राम्रो आम्दानी गरिरहेका छन् । पछिल्लो समय बजारको सहज पहुँच, पशुपालन व्यवसायमा सरकारी अनुदानमा वृद्धि, घाँसको खेती विस्तार, बिमाको व्यवस्थाले पशुपालनतर्फ आकर्षण बढेको हो । जिल्ला पशु सेवाका अनुसार पशुपालनमा महिलाले मासिक २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जानकी गाउँपालिका ३ इन्द्रपुरकी टिना थापाले यही पेसामार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएको छ्न् ि। उनले डेढ वर्षदेखि गाउँमै रुकुमेली गाई फार्म सञ्चालन गरेकी छन । फार्ममा ५ उन्नत जातका गाई पालिरहेकी थापाले मासिक ३० हजारसम्म आम्दानी गर्ने छिन् । 

जिल्ला पशु सेवा कार्यालयले पशुपालनमा आकर्षण बढाउन घाँसको बीउ वितरण, बेर्नामा अनुदान, कृत्रिम गर्भाधान, पशु बिमा, खोप सेवालगायतका सेवा दिइरहेकोे छ । वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीको अनुसार जिल्लाभर एक सयभन्दा बढी महिलाहरूले व्यावसायिक पशुपालन गरेर मनग्गे आम्दानी गरिरहेको छ । उनका अनुसार पशुपालन व्यावसायलाई वातावरणमैत्री बनाउन चालु आवमा १० वटा फार्मलाई एकरएक लाखका दरले अनुदान वितरण गरिएको छ । फार्मलाई डालेघाँसको प्लान्टेसनयुक्त बनाउन, वातावरणमैत्री गोठ निर्माण गर्न र तापक्रममैत्री बनाउन अनुदान वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।