logo

व्यावसायिक पशुपालनमा महिलाहरुज्को सङ्लगनता

    2051   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-कोहलपुर १२ चप्परगौडीमा स्थित ३२ वर्षीया शारदा शर्माको सिर्जनशील गाई फर्ममा १५ मध्ये ६ दुहुना छन् । उनको फर्मबाट करिब ६० लिटर दूध उत्पादन हुन्छ । उनले गाईपालनबाटै मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेकी छन् । 

खर्च कटाएर महिनामा ४० देखि ६० हजारसम्म बचत पनि हुन्छ । फार्ममा ६ गाई ब्याउने छन् । स्नातकोत्तर गर्दै गरेकी शर्माले पुख्र्यौली व्यवसायलाई व्यावसायिक बनाएर बाँसगडीमा २ बिगाहा र कोहलपुरमा १० धुर जग्गा र घडेरी जोडिसकेको छिन् । फार्मका लागि चाहिने घाँसका लागि उनले २ बिघा जग्गा भाडामा लिएकी छन् ।

 घरको सबै खर्च र दुई भाइको पढाइ खर्च यही आम्दानीले धानेको छ । वार्षिक ६ लाखसम्म आम्दानी हुन्छ । यहाँ उत्पादित दूध नजिकैको पसल र डेरीमा खपत हुन्छ । उनी नेतृत्वको फार्मलाई बाबु, आमा र दुई बुहारीले सघाइरहेका छन् । उनलाई  जागिरलेभन्दा आफ्नै व्यवसायले सन्तुष्टि दिइरहेको छ  । ०६६ देखि व्यावसायिक पशुपालन गरिरहेकी उनले आफ्नो फार्मलाई वातावरणमैत्री बनाउँदै छिन् । नेपाल चिल्ड्रेन एजुकेसन प्रोग्रामको अध्यक्षसमेत रहेकी शर्माले समाजसेवा र व्यावसायिक पशुपालनलाई सँगसँगै लगेकी छन् ।

त्यस्तै चिसापानी ९ की मीना मल्ल, खजुराकी तुलसा खरेल, फत्तेपुरकी गंगा शाह, रझेनाकी रमिला थापा, खजुराकै विमला डाँगी, बेलभारकी गीताकुमारी मौर्यले पशुपालनमार्फत राम्रो आम्दानी गरिरहेका छन् । पछिल्लो समय बजारको सहज पहुँच, पशुपालन व्यवसायमा सरकारी अनुदानमा वृद्धि, घाँसको खेती विस्तार, बिमाको व्यवस्थाले पशुपालनतर्फ आकर्षण बढेको हो । जिल्ला पशु सेवाका अनुसार पशुपालनमा महिलाले मासिक २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जानकी गाउँपालिका ३ इन्द्रपुरकी टिना थापाले यही पेसामार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएको छ्न् ि। उनले डेढ वर्षदेखि गाउँमै रुकुमेली गाई फार्म सञ्चालन गरेकी छन । फार्ममा ५ उन्नत जातका गाई पालिरहेकी थापाले मासिक ३० हजारसम्म आम्दानी गर्ने छिन् । 

जिल्ला पशु सेवा कार्यालयले पशुपालनमा आकर्षण बढाउन घाँसको बीउ वितरण, बेर्नामा अनुदान, कृत्रिम गर्भाधान, पशु बिमा, खोप सेवालगायतका सेवा दिइरहेकोे छ । वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीको अनुसार जिल्लाभर एक सयभन्दा बढी महिलाहरूले व्यावसायिक पशुपालन गरेर मनग्गे आम्दानी गरिरहेको छ । उनका अनुसार पशुपालन व्यावसायलाई वातावरणमैत्री बनाउन चालु आवमा १० वटा फार्मलाई एकरएक लाखका दरले अनुदान वितरण गरिएको छ । फार्मलाई डालेघाँसको प्लान्टेसनयुक्त बनाउन, वातावरणमैत्री गोठ निर्माण गर्न र तापक्रममैत्री बनाउन अनुदान वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।