logo

वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा निरन्तर कमी

    2005   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार - वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी र श्रम बजारमा आउने युवायुवतीको संख्या बढे पनि रोजगारीका लागि जाने कामदारहरुको संख्यामा भने निरन्तर कमी आइरहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा श्रम स्वकिृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारहरुको संख्याले यो वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३ लाख पनि नपुग्ने देखिएको छ ।

चालू आर्थिक वर्षको ८ महिनामा  श्रम स्वीकृति लिएर १ लाख ८६ हजार १ सय ६६ जना मात्र वैदेशिक रोजगारीमा गएको तथ्यांक श्रम तथा रोजगार मन्त्रालयले अर्थ मन्त्रालयलाई दिएको छ । यसमा ९ हजार ३ सय ३५ जना महिला र अन्य पुरुष रहेका छन् ।  ८ महिनाको यो तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा हाल प्रतिमहिना २३ हजार र प्रतिदिन ७ सय ५६ जना वैदेशिक रोजगारीमा गएका छन् । तर सरकारी दस्तावेजमा भने दैनिक यसको दोब्बर १ हजार ५ सय वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

सरकारी तथ्यांकका  अनुसार १ हजार म्यानपावर दर्ता रहेका छन् । त्यसमा ८ सय ९० सक्रिय र १ सय ५४ वटा निष्क्रिय अवस्थामा रहेका छन् ।  आठ महिनाको अवधिमा कतारमा सबैभन्दा धेरै ६२ हजार २ सय ६९ जना, मलेसियामा ३८ हजार ४ सय ६४ जना, साउदी अरबमा ४३ हजार १ सय ८३ जना, यूएईमा २६ हजार २ सय २५ जना ,कुवेतमा ५ हजार ६ सय ४८ जना, बहराइनमा १ हजार ९ सय २४ जना, ओमनमा १ हजार ४ सय १२ जना, दक्षिण कोरीयामा ४७ जना, लेवनानमा ७६ जना, इजरायलमा ७२ जना, अफगानिस्तानमा ५ सय ४१ जना, जापानमा १ हजार ६ सय ६२ जना र अन्य देशमा ४ हजार ६ सय ५९ जना गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।