logo

बीमा कम्पनीमा जागिरको ओइरो

    2135   पटक पढिएको

 २१ जेठ / अर्थ र व्यापार-अर्थमन्त्रालयले बीमा समितिको सिफारिसमा १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन् । सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टार लगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन् भने बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन् ।
 
कम्पनीहरुले सञ्चालन अनुमति माग्नु अघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका हुन् ।कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीको आवेदन माग्न थालिसकेका छन्।पहिलो चरणमा अनिवार्य रुपमा प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, प्रमुख व्यवस्थापक, कम्पनी सचिव, नायब व्यवस्थापक, शाखा प्रबन्धक, अधिकृत र त्यस अन्तर्गतका कर्मचारीहरु नियुक्त गरिसक्नु पर्छ।

 पहिलो चरणमा १० बीमा कम्पनीहरुले करिव ६ सय १४ जना कर्मचारी नियुक्त गर्नुपर्छ। यसमा ड्राइभर, कुचीकारलगायतका कर्मचारीहरु जोडिएको छैन। प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीसम्म बीमा कम्पनीहरुले ६ सय १४ जना भर्ति गर्नु पर्ने हुन्छ।
 
प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतवाहेक कम्पनीहरुले अन्डर राइटिङ, पुनर्बीमा, बजार ब्यवस्थापन, कानुन तथा दाबी भुक्तानी, लेखा तथा ट्रेजरी, सुचना प्रविधि विभाग अनिवार्य रुपमा गठन गर्नु पर्छ। यसमा एकरएक जना विभागीय प्रमुख हुन्छन्। प्रत्येक विभाग अन्तर्गत कम्तिमा चार जना कर्मचारी हुन्छन्। प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा पनि केही कर्मचारी हुन्छन्। 
 
अहिले नै १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्न र व्यापार सुरु गर्न कम्तीमा सात प्रदेशमा एउटारएउटा मूख्य शाखा आवश्यक पर्छ। कम्पनीले एउटा प्रदेश अन्तर्गत कम्तीमा पाँच वटा शाखा कार्यालय खोल्दा पनि प्रबन्धकदेखि सहायक कर्मचारीहरुको ठूलै संख्यामा आवश्यक पर्छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।