logo

बीमा कम्पनीमा जागिरको ओइरो

    1867   पटक पढिएको

 २१ जेठ / अर्थ र व्यापार-अर्थमन्त्रालयले बीमा समितिको सिफारिसमा १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन् । सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टार लगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन् भने बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन् ।
 
कम्पनीहरुले सञ्चालन अनुमति माग्नु अघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका हुन् ।कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीको आवेदन माग्न थालिसकेका छन्।पहिलो चरणमा अनिवार्य रुपमा प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, प्रमुख व्यवस्थापक, कम्पनी सचिव, नायब व्यवस्थापक, शाखा प्रबन्धक, अधिकृत र त्यस अन्तर्गतका कर्मचारीहरु नियुक्त गरिसक्नु पर्छ।

 पहिलो चरणमा १० बीमा कम्पनीहरुले करिव ६ सय १४ जना कर्मचारी नियुक्त गर्नुपर्छ। यसमा ड्राइभर, कुचीकारलगायतका कर्मचारीहरु जोडिएको छैन। प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीसम्म बीमा कम्पनीहरुले ६ सय १४ जना भर्ति गर्नु पर्ने हुन्छ।
 
प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतवाहेक कम्पनीहरुले अन्डर राइटिङ, पुनर्बीमा, बजार ब्यवस्थापन, कानुन तथा दाबी भुक्तानी, लेखा तथा ट्रेजरी, सुचना प्रविधि विभाग अनिवार्य रुपमा गठन गर्नु पर्छ। यसमा एकरएक जना विभागीय प्रमुख हुन्छन्। प्रत्येक विभाग अन्तर्गत कम्तिमा चार जना कर्मचारी हुन्छन्। प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा पनि केही कर्मचारी हुन्छन्। 
 
अहिले नै १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्न र व्यापार सुरु गर्न कम्तीमा सात प्रदेशमा एउटारएउटा मूख्य शाखा आवश्यक पर्छ। कम्पनीले एउटा प्रदेश अन्तर्गत कम्तीमा पाँच वटा शाखा कार्यालय खोल्दा पनि प्रबन्धकदेखि सहायक कर्मचारीहरुको ठूलै संख्यामा आवश्यक पर्छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।