logo

अग्नि इन्भेष्टमेन्टले एकैपटक ४६ जनालाई रोजगारी अवसर दिने

    1591   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इन्भेष्टमेन्टले एकैपटक ४६ जनालाई रोजगारी अवसर दिने भएको छ । यो कम्पनीले कार्यालय सहयोगिदेखि महाप्रवन्धकसम्मलाई रोजगारी खुलाएको छ । कम्पनीले महाप्रवन्धक, चिफ फाइनान्स अफिसर, क्रेडिट हेड, फाइनान्स हेड एकएक जना मागेको छ ।

सो कम्पनीले एकाउन्ट एक्जुकेटिभ, एचआर एडमिन एक्जुकेटीभ, रिकभरी एक्जुकेटिभ, लिगल एक्जुकेटिभ, सीआरएम एक्जुकेटिभ, कर्पोरेट तथा ब्राण्ड क्रेडिट एक्जुकेटिभ, कम्प्लाएन्स तथा केवाईसी एक्जुकेटिभ, आइटी एक्जुकेटिभ र एचआर एडमिन असिस्टेन्ट दुईरदुई जना मागेको छ ।

यसैगरी क्रेडिट असिस्टेन्ट, सीआरएम असिस्टेन्ट तीनरतीन जना मागेको छ । अकाउन्ट असिस्टेन्ट तथा क्यासियर ६ जना मागेको छ । यो कम्पनीले फ्रन्ट डेक्स डाइभर र अफिस असिस्टेन्ट भने चारचार जना गरि जम्मा ४६ जना मागेको छ ।

सम्बन्धित विषयमा दक्ष र अनुभविलाई प्राथमकिता दिने गरी मागेको उक्त पदमा इच्छुक उमेदवारलाई १० दिन भित्रै आफ्नो विवरणसहित आवेदन दिन कम्पनीले आग्रह गरेर दि हिमालय टाइम्समा सूचना प्रकाशन गरेको छ ।

यसैगरी आइएमई लाइफले ब्राण्ड तथा मार्के्टिङ तथा ट्रेनि असिस्टेन्ट मागेको छ । यसले आपसी सहमतिमा तलव निर्धारण गर्ने गरी रोजगारी दिने भनेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।