logo

५५ प्रतिशत वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा

    2153   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार – वैदेशिक रोजगारीका विभिन्न मुलुक जानेहरूमध्ये ५५ प्रतिशत कामदारमा कुनै न कुनै किसिमको समस्या हुने एक अध्ययनले देखाएको छ । ‘एकाउन्टिबिलिटी ल्याब’ नामक संस्थाले केही महिना अघि नेपालका विभिन्न जिल्लाहरूमा गरेको स्थलगत माइग्रेसन सर्भेबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।

अमेरिकी सहयोगमा सञ्चालित सो संस्थाले नेपालको प्रशासनिक क्षेत्रको पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले अनुसन्धानका लागि भूकम्पबाट अतिप्रभावित काभ्रे, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक गरी चार जिल्लालाई समेटेको थियो । हरेक जिल्लाबाट १ सयजनाको सहभागिता रहेकोे छ ।

पछिल्लो समय हरेक दिन नेपालबाट ११ सयभन्दा बढी नेपाली रोजगारको सिलसिलामा बिदेसिने गरेका छन् । खासगरी मध्य पूर्व, दक्षिण–पूर्वी एसिया र भारतमा सबैभन्दा बढी नेपाली जाने गरेका छन् । यस्ता कामदारहरूमा सौदाबाजी गर्ने क्षमता कमजोर हुँदा म्यानपावर कम्पनी तथा विदेशी कम्पनीको शोषणमा पर्ने गरेको देखिन्छ । परिणामस्वरूप मानव तस्करी र मानवअधिकार हनन सामान्य भइसकेको छ ।

अनुसन्धानमा प्रक्रियागत जानकारीको अभाव, म्यानपावरलाई जिम्मेवार बनाउने नीतिको अभाव तथा वैदेशिक रोजगारका सिलसिलामा आइपर्ने चुनौतीको सामना गर्ने सरकारी क्षमता पनि कमजोर रहेको पाइएको छ । रोजगारीलाई सुरक्षित र जवाफदेही बनाउन कामदारका भोगाइ, विचार र सुझाबहरू संश्लेषण गरी सरकार, नागरिक समाज र सञ्चारमाध्यमलाई काम गर्न सहज बनाउने उद्देश्यबाट अनुसन्धान गरिएको छ । अनुसन्धानबाट वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौती उजागर गर्न सहयोग पुग्ने छ ।

सम्झौताअनुसारको तलब र काम नपाउने रोजगारका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारका साझा समस्या हुन् । बिदेसिनेमध्ये ४१ प्रतिशतले सम्झौता अनुसारको काम नपाउने तथा ४० प्रतिशतले तलब नपाउने समस्या देखिएको छ । बाँकी ५ प्रतिशतले स्वास्थ्य परीक्षणमा फेल हुने गरेको पाइएको छ । यस्ता समस्या समाधानका लागि उजुरी दिँदा एकतिहाइभन्दा बढीको सुनुवाइ नै नहुने पनि अध्ययनमा उल्लेख छ ।

नेपालमा भन्दा राम्रो आम्दानी हुने आशामा बिदेसिने नेपालीको संख्या सबैभन्दा बढी ३१ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यस्तै, रोजगार पाउन कठिन भएपछि बिदेसिने कामदार २६ प्रतिशत, राजनीतिक अस्थितरताका कारण १२ प्रतिशत, बिदेसिने परिपाटी पछ्याउँदै जाने ११ प्रतिशत, द्वन्द्वका कारण ५ प्रतिशत, सामाजिक दबाबका कारण ६ प्रतिशत र बाँकी अन्य कारणले ९ प्रतिशत नेपाली बिदेसिएको अनुसन्धानमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसोले पर्याप्त सूचनासमेत पाउन नसकेको देखिन्छ । पाएकाहरूले पनि गलत तथा द्विविधायुक्त सूचना पाउने गरेको देखिन्छ । एकपटक विदेश गएर फर्केकामध्ये धेरैजसो कामदार स्वदेशमा रोजगारी नपाउँदा बिदेसिन बाध्य हुने गरेको देखाएको छ । पुनः बिदेसिने कामदारमध्ये १० प्रतिशत भूकम्पले आयआर्जनको स्रोत खोसिएका रहेका छन् । ३१ प्रतिशत कामदार भने राम्रो कमाइ हुने आशामा बिदेसिने गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका करिब आधाजसो कामदारले स्वदेशमै आम्दानीका अवसर खोज्ने गरेका छन् । यस्ता कामदारमध्ये सबैभन्दा बढी ६३ प्रतिशतले आफ्नै नयाँ व्यवसाय सुरु गर्न चाहेको अध्ययनका क्रममा फेला परेको छ । बाँकी १५ प्रतिशत कृषि कर्ममा लाग्ने गरेका छन् भने ९ प्रतिशतले स्वदेशमै रोजगारी खोज्ने गरेका छन् । २ प्रतिशत भने लामो समय विदेशमा बिताएका कारण स्वदेशमै बस्न रुचाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।