logo

५५ प्रतिशत वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा

    1836   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार – वैदेशिक रोजगारीका विभिन्न मुलुक जानेहरूमध्ये ५५ प्रतिशत कामदारमा कुनै न कुनै किसिमको समस्या हुने एक अध्ययनले देखाएको छ । ‘एकाउन्टिबिलिटी ल्याब’ नामक संस्थाले केही महिना अघि नेपालका विभिन्न जिल्लाहरूमा गरेको स्थलगत माइग्रेसन सर्भेबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।

अमेरिकी सहयोगमा सञ्चालित सो संस्थाले नेपालको प्रशासनिक क्षेत्रको पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले अनुसन्धानका लागि भूकम्पबाट अतिप्रभावित काभ्रे, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक गरी चार जिल्लालाई समेटेको थियो । हरेक जिल्लाबाट १ सयजनाको सहभागिता रहेकोे छ ।

पछिल्लो समय हरेक दिन नेपालबाट ११ सयभन्दा बढी नेपाली रोजगारको सिलसिलामा बिदेसिने गरेका छन् । खासगरी मध्य पूर्व, दक्षिण–पूर्वी एसिया र भारतमा सबैभन्दा बढी नेपाली जाने गरेका छन् । यस्ता कामदारहरूमा सौदाबाजी गर्ने क्षमता कमजोर हुँदा म्यानपावर कम्पनी तथा विदेशी कम्पनीको शोषणमा पर्ने गरेको देखिन्छ । परिणामस्वरूप मानव तस्करी र मानवअधिकार हनन सामान्य भइसकेको छ ।

अनुसन्धानमा प्रक्रियागत जानकारीको अभाव, म्यानपावरलाई जिम्मेवार बनाउने नीतिको अभाव तथा वैदेशिक रोजगारका सिलसिलामा आइपर्ने चुनौतीको सामना गर्ने सरकारी क्षमता पनि कमजोर रहेको पाइएको छ । रोजगारीलाई सुरक्षित र जवाफदेही बनाउन कामदारका भोगाइ, विचार र सुझाबहरू संश्लेषण गरी सरकार, नागरिक समाज र सञ्चारमाध्यमलाई काम गर्न सहज बनाउने उद्देश्यबाट अनुसन्धान गरिएको छ । अनुसन्धानबाट वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौती उजागर गर्न सहयोग पुग्ने छ ।

सम्झौताअनुसारको तलब र काम नपाउने रोजगारका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारका साझा समस्या हुन् । बिदेसिनेमध्ये ४१ प्रतिशतले सम्झौता अनुसारको काम नपाउने तथा ४० प्रतिशतले तलब नपाउने समस्या देखिएको छ । बाँकी ५ प्रतिशतले स्वास्थ्य परीक्षणमा फेल हुने गरेको पाइएको छ । यस्ता समस्या समाधानका लागि उजुरी दिँदा एकतिहाइभन्दा बढीको सुनुवाइ नै नहुने पनि अध्ययनमा उल्लेख छ ।

नेपालमा भन्दा राम्रो आम्दानी हुने आशामा बिदेसिने नेपालीको संख्या सबैभन्दा बढी ३१ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यस्तै, रोजगार पाउन कठिन भएपछि बिदेसिने कामदार २६ प्रतिशत, राजनीतिक अस्थितरताका कारण १२ प्रतिशत, बिदेसिने परिपाटी पछ्याउँदै जाने ११ प्रतिशत, द्वन्द्वका कारण ५ प्रतिशत, सामाजिक दबाबका कारण ६ प्रतिशत र बाँकी अन्य कारणले ९ प्रतिशत नेपाली बिदेसिएको अनुसन्धानमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसोले पर्याप्त सूचनासमेत पाउन नसकेको देखिन्छ । पाएकाहरूले पनि गलत तथा द्विविधायुक्त सूचना पाउने गरेको देखिन्छ । एकपटक विदेश गएर फर्केकामध्ये धेरैजसो कामदार स्वदेशमा रोजगारी नपाउँदा बिदेसिन बाध्य हुने गरेको देखाएको छ । पुनः बिदेसिने कामदारमध्ये १० प्रतिशत भूकम्पले आयआर्जनको स्रोत खोसिएका रहेका छन् । ३१ प्रतिशत कामदार भने राम्रो कमाइ हुने आशामा बिदेसिने गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका करिब आधाजसो कामदारले स्वदेशमै आम्दानीका अवसर खोज्ने गरेका छन् । यस्ता कामदारमध्ये सबैभन्दा बढी ६३ प्रतिशतले आफ्नै नयाँ व्यवसाय सुरु गर्न चाहेको अध्ययनका क्रममा फेला परेको छ । बाँकी १५ प्रतिशत कृषि कर्ममा लाग्ने गरेका छन् भने ९ प्रतिशतले स्वदेशमै रोजगारी खोज्ने गरेका छन् । २ प्रतिशत भने लामो समय विदेशमा बिताएका कारण स्वदेशमै बस्न रुचाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।