logo

करिब २ सय ३० बैंक सञ्चालकहरुको जागिर गुम्ने

    1977   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले साधारण वा विशेष साधारण सभा बोलाएर प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै अब सञ्चालनमा रहेका १ सय १५ (चैतसम्मको तथ्यांक अनुसार) बैंक तथा वित्तीय संस्थाका करिब २ सय ३० सञ्चालकहरुको जागिर गुम्ने भएको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लागु भएसंगै राष्ट्र बैंकले नयँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न सोमवार निर्देशन दिएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था रहेकोमा नयाँ जारी भएको बाफियाले यो संख्या ५ देखि ७ मा सिमित हुनुपर्ने व्यवस्था गरेको छ ।

पहिले यी संस्थाहरुमा अधिकत्तम १ हजार ३५ को संख्यामा सञ्चालक रहन सक्ने गरेकोमा अब कुल ८ सय ५ संख्यासम्म मात्र रहनु पर्ने भएको हो । चुक्ता पुँजी वृद्धि गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु वृहत मर्जरमा गइरहेकाले कुल बैंक तथा वित्तीय संस्था नै अहिलेको १ सय १५ भन्दा घट्न सक्ने देखिएको छ । फागुनमा कुल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ७१ रहेको थियो ।

राष्ट्र बैंकको निर्देशनसँगै अब साधारण सभा सकिसकेका बैंकहरुले विशेष साधारण सभा डाँकेर नयाँ व्यवस्था रहने गरि प्रबन्धपत्र र नियमावली संशोधन र त्यसै अनुसार सञ्चालकहरुको व्यवस्था पनि गर्नुपर्ने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा एक जना स्वतन्त्र सञ्चालक हुनै पर्ने प्रावधान समेत बाफियामा रहेको छ । अब न्युनत्तम ५ जना वा अधिकत्तम ७ जना सदस्यको सञ्चालक समिति बनाउदा एक जना भने स्वतन्त्र सञ्चालक हुनैपर्ने भएको छ ।

नयाँ व्यवस्था अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन । त्यस्तै, सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुनेछ र पुनः नियुक्ति तथा मनोनित हुन सक्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।