logo

करिब २ सय ३० बैंक सञ्चालकहरुको जागिर गुम्ने

    2297   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले साधारण वा विशेष साधारण सभा बोलाएर प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै अब सञ्चालनमा रहेका १ सय १५ (चैतसम्मको तथ्यांक अनुसार) बैंक तथा वित्तीय संस्थाका करिब २ सय ३० सञ्चालकहरुको जागिर गुम्ने भएको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लागु भएसंगै राष्ट्र बैंकले नयँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न सोमवार निर्देशन दिएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था रहेकोमा नयाँ जारी भएको बाफियाले यो संख्या ५ देखि ७ मा सिमित हुनुपर्ने व्यवस्था गरेको छ ।

पहिले यी संस्थाहरुमा अधिकत्तम १ हजार ३५ को संख्यामा सञ्चालक रहन सक्ने गरेकोमा अब कुल ८ सय ५ संख्यासम्म मात्र रहनु पर्ने भएको हो । चुक्ता पुँजी वृद्धि गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु वृहत मर्जरमा गइरहेकाले कुल बैंक तथा वित्तीय संस्था नै अहिलेको १ सय १५ भन्दा घट्न सक्ने देखिएको छ । फागुनमा कुल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ७१ रहेको थियो ।

राष्ट्र बैंकको निर्देशनसँगै अब साधारण सभा सकिसकेका बैंकहरुले विशेष साधारण सभा डाँकेर नयाँ व्यवस्था रहने गरि प्रबन्धपत्र र नियमावली संशोधन र त्यसै अनुसार सञ्चालकहरुको व्यवस्था पनि गर्नुपर्ने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा एक जना स्वतन्त्र सञ्चालक हुनै पर्ने प्रावधान समेत बाफियामा रहेको छ । अब न्युनत्तम ५ जना वा अधिकत्तम ७ जना सदस्यको सञ्चालक समिति बनाउदा एक जना भने स्वतन्त्र सञ्चालक हुनैपर्ने भएको छ ।

नयाँ व्यवस्था अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन । त्यस्तै, सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुनेछ र पुनः नियुक्ति तथा मनोनित हुन सक्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।