logo

४० प्रतिशत रोजगारदाताले श्रमिकसँग सम्झौता नगरेको र २३ प्रतिशतले न्यूनतम तलब दिँदैनन् : जिफन्ट

    1087   पटक पढिएको


१८ वैशाख/अर्थ र व्यापार – नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या घटेको छ । आज विश्वभर श्रमिक दिवस मनाइरहँदा हालै सार्वजनिक भएक एक तथ्यले नेपालमा श्रमिकको स्थिति दयनीय रहेको पुष्टी गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम अडिट प्रतिवेदन २०८१ सार्वजनिक गर्दै नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ८४ प्रतिशतले घटेको विश्लेषण प्रस्तुत गरेको हो ।

वि.सं. २०८० मा गरिएको श्रम अडिट प्रतिवेदनमा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमित रोजगारीमा रहेका श्रमिक सङ्ख्या ५९ दशमलव ७२ प्रतिशत रहेको थियो । तर २०८१ सालमा श्रम अडिट गरिएका प्रतिष्ठानमा ५३ दशमलव ३५ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत रहेका छन् ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रम आपूर्तिकर्तामार्फत कार्यरत श्रमिक सङ्ख्या बढेको बताए । नियमित रोजगारीमा श्रमिकको सङ्ख्या घट्नुको मुख्य कारण श्रमिक आपूर्ति (आउटसोर्स) भएको जिफन्टको दाबी छ ।
यस्तै वैदेशिक रोजगारको आर्कषणका कारण पनि नियमित रोजगारी घटेको हुनसक्ने बताइएको छ । वि.सं. २०८० मा श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिक नौ दशमलव ९३ प्रतिशत थियो । तर यो वर्ष अर्थात २०८१ सालमा सार्वजनिक प्रतिवेदनले श्रम अडिट गरिएका उद्योग÷प्रतिष्ठानमा आउटसोर्स कम्पनीबाट काम गर्ने श्रमिक १४ दशमलव ९१ प्रतिशत रहेको देखाएको छ ।
‘श्रम ऐन नियम कार्यान्वयनमा हरेक वर्ष चुनौती थपिँदै गएको छ,’ उनले भन्नुभयो । अध्यक्ष श्रेष्ठले आउटसोर्स कम्पनी श्रम शोषण गर्ने मुख्य केन्द्रको रूपमा देखिएको बताए ।
प्रतिवेदनअनुसार श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिक र ओभरटाइम आदि आधारभूत सुविधा नदिने कम्पनी ७२ दशमलव ६ प्रतिशत रहेको थियो भने यो वर्ष ७७ दशमलव २ रहेको छ ।
उत्पादनमूलक उद्योग÷प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ, ट्राभल्स, प्रिटिड्ग प्रेस, सहकारी, स्वास्थ्य क्षेत्रका निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी जम्मा तीन सय २७ वटा प्रतिष्ठानको श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरी जिफन्टले प्रतिवेदन तयार गरेको बताएको छ ।
श्रम तथा रोजगार कार्यालयले श्रम निरीक्षण गर्दै आएको छ । जिफन्टले पनि श्रमिकसँग छलफल गरी अध्ययन विश्लेषण गरी श्रम अडिट प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । श्रम कानुन कार्यान्वयनको अवस्था विश्लेषण गरिएको यस प्रतिवेदनका अनुसार कार्यगत रोजगारीमा गत वर्ष ६ दशमलव १९ प्रतिशत श्रमिक कार्यरत रहेको देखिएको थियो ।
यस वर्षको प्रतिवेदनले श्रम अडिट गरिएका उद्योग÷प्रतिष्ठानमा कार्यगत रोजगारीमा ५ दशमलव ५१ प्रतिशत रहेका छन् । त्यस्तै समयगत रोजगारीमा कार्यरत श्रमिक सङ्ख्या गत वर्ष ५ दशमलव ५२ प्रतिशत रहेको थियो । यो वर्ष समयगत रोजगारीमा कार्यरत श्रमिक सङ्ख्या ८ दशमलव ५८ प्रतिशत रहेको छ । आंशिक समय रोजगारीमा गत वर्ष एक दशमलव ७३ प्रतिशत श्रमिक कार्यरत रहेका थिए ।
यो वर्ष आंशिक समय रोजगारीमा कार्यरत श्रमिक सङ्ख्या एक दशमलव ४८ प्रतिशत रहेको छ । यसैगरी, आकस्मिक तथा अन्य रोजगारीमा कार्यरत श्रमिक गत वर्ष तीन दशमलव ९७ प्रतिशत थियो । यो वर्ष चार दशमलव ६६ प्रतिशत रहेको छ । रोजगार सम्झौता गरेर वा नियुक्तिपत्र दिएर श्रमिकलाई काममा लगाउने उद्योग÷प्रतिष्ठान सङ्ख्या गत वर्ष ६५ प्रतिशत रहेको थियो भने यसवर्ष ६० दशमलव १ प्रतिशत रहेको छ ।
यो वर्ष रोजगार सम्झौता गरेर श्रमिकलाई काममा लगाउने उद्योग÷प्रतिष्ठान करिब पाँच प्रतिशतले घटेको छ । ‘यस विश्लेषणले श्रम निरीक्षण अनुगमन गर्ने निकाय श्रम प्रशासन फितलो बन्दै गएको पुष्टि हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।