logo

श्रममन्त्री भण्डारीद्धारा संघको प्रशासनीक भवनको औपचारिक उद्घाटन

    914   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालै खरिद गरेको नयाँ प्रशासनीक भवनको सोमबार औपचारिक उद्घाटन गरिएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले काठमाडौको सिफलस्थित सो भवनको औपचारिक उद्घाटन गरेका हुन ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा संघले हाललै काठमाडौंको सिफलचौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलमा निर्मित सो भवन खरिद गरेको थियो । सो भवन व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरिएको थियो ।
नयाँ भवन उद्घाटन विशेष कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा संघको नयाँ प्रशासनिक भवन खरिद गर्नुकासाथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा आभार व्यक्त गरे ।
यसैगरी, मन्त्री भण्डारीले संघको आगामी २९ चैतमा हुने निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गरोस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए । आफूले अहिलेको संघ कार्यसमितिसँग लामो समय सहकार्य गर्न पाएको धारणा राख्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारकालागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको समेत बताए ।
संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरवान्वित महशुस भएको बताए । यस भवन खरिदका लागि सम्पुर्ण व्यवसायीले उत्साहपूर्ण सहयोग गरेको जानकारी गराउँदै उनले सहयोगी सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
आफ्नै भवन खरिद गर्नेक्रममा कतिपय व्यवसायीले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीलाई पनि संघमा एक्यबद्ध हुन आग्रह गरे ।
संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरागर्न सफल भएको बताए । वर्तमान नेतृत्वको अथक प्रयास पूर्व अध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीको सााथ र सहयोगका कारण अहिले संघको आफ्नै भवन हुन सफल भएकोमा खुसी व्यक्त गरे । उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीलाई थप सहयोग गर्न समेत आग्रह गरे ।
संघका महासचिव मेघनाथ भूर्तेलले सम्पुर्ण व्यवसायीको साथ र सहयोगले संघले इतिहासमै पहिलोपटक आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएको भन्दै सम्पुर्ण सहयोगी व्यवसायीलाई धन्यवाद व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले संघका अध्यक्ष भण्डारीको नेतृत्वले ऐतिहासिक काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा संघ नेतृत्वले अझै धेरै राम्रा काम गर्दै जाओस भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।