logo

श्रममन्त्री भण्डारीद्धारा संघको प्रशासनीक भवनको औपचारिक उद्घाटन

    551   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालै खरिद गरेको नयाँ प्रशासनीक भवनको सोमबार औपचारिक उद्घाटन गरिएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले काठमाडौको सिफलस्थित सो भवनको औपचारिक उद्घाटन गरेका हुन ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा संघले हाललै काठमाडौंको सिफलचौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलमा निर्मित सो भवन खरिद गरेको थियो । सो भवन व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरिएको थियो ।
नयाँ भवन उद्घाटन विशेष कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा संघको नयाँ प्रशासनिक भवन खरिद गर्नुकासाथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा आभार व्यक्त गरे ।
यसैगरी, मन्त्री भण्डारीले संघको आगामी २९ चैतमा हुने निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गरोस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए । आफूले अहिलेको संघ कार्यसमितिसँग लामो समय सहकार्य गर्न पाएको धारणा राख्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारकालागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको समेत बताए ।
संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरवान्वित महशुस भएको बताए । यस भवन खरिदका लागि सम्पुर्ण व्यवसायीले उत्साहपूर्ण सहयोग गरेको जानकारी गराउँदै उनले सहयोगी सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
आफ्नै भवन खरिद गर्नेक्रममा कतिपय व्यवसायीले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीलाई पनि संघमा एक्यबद्ध हुन आग्रह गरे ।
संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरागर्न सफल भएको बताए । वर्तमान नेतृत्वको अथक प्रयास पूर्व अध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीको सााथ र सहयोगका कारण अहिले संघको आफ्नै भवन हुन सफल भएकोमा खुसी व्यक्त गरे । उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीलाई थप सहयोग गर्न समेत आग्रह गरे ।
संघका महासचिव मेघनाथ भूर्तेलले सम्पुर्ण व्यवसायीको साथ र सहयोगले संघले इतिहासमै पहिलोपटक आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएको भन्दै सम्पुर्ण सहयोगी व्यवसायीलाई धन्यवाद व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले संघका अध्यक्ष भण्डारीको नेतृत्वले ऐतिहासिक काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा संघ नेतृत्वले अझै धेरै राम्रा काम गर्दै जाओस भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।