logo

सरकारले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै, ब्याजदर साढे ८ प्रतिशत

    451   पटक पढिएको


१४ फागुन/अर्थ र व्यापार– सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ५० कररोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न लागेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री सम्बन्धमा बुधबार सूचना निकालेको छ। बचतपत्र खरिद गर्न चाहनेले यहि १५ फागुनदेखि आगामी १५ चैतभित्र आवेदन गर्न सक्ने छन् ।
यस बचतपत्रको ब्याजदर साढे ८ प्रतिशत कायम गरिएको छ । खरिदकर्ताले न्यूनतम दश हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ दश हजारले भाग गर्दा निःशेष भाग जाने रकमको आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा संग्लन वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको नाममा बचतपत्र खरिद गर्न सक्नेछन् ।
वैदेशिक बचतपत्र २०८६ नाम दिइएको ऋणपत्र ५ वर्षमा परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखेर ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।