logo

संघको निर्वाचनमा एकजुट भएर अघिबढे कांग्रेसलाई कसैले हराउन सक्दैन : शशांक कोइराला

लोकतान्त्रिक एशोसिएसनको १९औं स्थापना दिवसमा रक्तदान

    711   पटक पढिएको



१३ माघ/अर्थ र व्यापार – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद शशांक कोइरालाले नेपाल वैदेशिक रोजगार व्यवसायीको आगामी २ फागुनमा हुने निर्वाचनमा सबै व्यवसायी एकजुट भएर अघिबढे कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरेका छन् ।
उनले आत्मसन्तुष्टि प्राप्त हुनेगरी मर्यादापूर्व व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव दिए । पार्टीको शुभेच्छुक संस्थाको हैसियतमा क्रियाशील नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यवसायीहरूलाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री कोइरालाले यस्तो दावी गरेका हुन् ।
सबै व्यवसायीलाई मर्यादित भएर व्यवसाय सञ्चालन गर्दा सबैभन्दा राम्रो हुने भन्दै कोइरालाले धनसम्पत्तिसम्बन्धि आफ्नो जीवनको अनुभव सुनाउँदै मर्यादामा रहेर गरिने आर्जनले मात्रै सार्थकता पाउने बताए । उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढे कसैले हराउन नसक्ने धारणा राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले निश्चित आदर्श र उद्देश्यसहित संस्थामा आबद्ध व्यवसायीले अनुशासन र मर्यादाको सीमामा रहन आवश्यक भएको टिप्पणी गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अन्य दल र समूहसँग गठबन्धन नहुने पार्टीको नीति रहेको भन्दै विभाग प्रमुख रसाइलीले मापदण्डअनुसार टिकट दिएर संघमा लोकतान्त्रिक एशोसिएसनका तर्फबाट उम्मेदवार बनाइने भन्दै आधिकारिक उम्मेदवारविरुद्ध बन्द कोठामा निर्णय गरेमा दण्डहीनता स्वीकार नगरिने चेतावनी दिए ।
एशोसिएसनका संस्थापक अध्यक्ष तथा संघका पूर्व अध्यक्ष तिलकबहादुर रानाभाटले हाल संस्थाको आकार बृहत् हुनु खुसीको विषय भएको, तर व्यवसायीहरूमा अनुशासन, धैर्यता र परस्पर सहयोगी भावनाको अभाव देखिनु चिन्ताजनक विषय भएको बताए ।
संस्थाको स्थापनाकालमा राखेको उद्देश्यअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक व्यवसायीहरूलाई गोलबन्द गरी वैदेशिक रोजगारीको क्षेत्रका समस्याको समाधान र सामाजिक कार्यमा अग्रसरता देखाउन एशोसिएसनको कार्यसमितिलाई आग्रह गरे ।
एशोसिएसन अध्यक्ष दीपक थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष विनोदजंग केसीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा एशोसिएसनका संस्थापक अध्यक्ष रानाभाट, पूर्वअध्यक्षहरू किरण किशोर घिमिरे, विमल ढकाल, यमबहादुर केसी, हंशराज वाग्ले, नरेन्द्र प्रसाद ढकालसहित संस्थापक महासचिव रामबहादुर बस्नेत तथा सदस्यहरू तीर्थबहादुर गुरुङ, प्रज्ञान न्यौपाने, चिरञ्जीबी बस्याल, रविन्द्र शेरचन, देवीप्रसाद काफेले, कुमार पुरी, राजकुमार कार्की, खडानन्द अर्याल लगायतलाई सम्मान गरिएको थियो ।
महासचिव महेश बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानमा अध्यक्ष अध्यक्ष थापा, महासचिव बस्नेत, रेशमराज पौडेल, अनु घिमिरे, सेमन्तराज न्यौपाने, चिरञ्जीबी बस्याल, प्रज्ञान न्यौपाने, सुनिता कर्मचार्य, राजकाजी भोलन, तुलसीराम पुरीलगायत ११७ भन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए ।
एशोसिएसन अध्यक्ष थापाले संस्था विगतदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको जानकारी गराउँदै यसपटक रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । सो एशोसिएसनले बीपी कोइरालाको १ सय ११औं जन्मजयन्तीको अवसरमा राजधानीमा वृक्षारोपण कार्यक्रम पनि गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।