logo

आगामी दशकलाई आन्तरिक रोजगार प्रर्वद्धन दशक घोषणा गर्छौ : श्रममन्त्री भण्डारी

    811   पटक पढिएको


११ माघ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुको छलफलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले आन्तरिक रोजगार सिर्जना गर्दै स्वरोजगारको निर्भरतालाई घटाउँदै लैजानकालागि श्रम रोजगार सम्मेलन गर्न लागेको बताए ।
‘आगामी फागुनमा श्रम रोजगार सम्मेलन गर्दैछौ, सम्मेलनमा वर्तमान सरकारले एउटा नीति दिएको छ । त्यही आधारमा आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने, त्यसकै आधारमा आन्तरिक रोजगार सिर्जना गर्ने लक्ष्य छ ’ उनले भने । यसैगरी, उनले अन्तिममा स्वरोजगारको निर्भरतालाई घटाउदैँ लिएर जाने भन्ने नीति अनुसार आन्तरिक रोजगार महाशाखा बनाएको बताए ।
त्यसैगरी, उनले श्रम मन्त्रालय वैदेशिक रोजगार हेर्न मात्र मन्त्रालय हो भन्ने मान्यता बसेको भन्दै यो मान्यता हटाउनकालागि आन्तरिक रोजगार महाशाखा स्थापना गरेको बताए ।
‘रोजगारीको कुरा उठ्ने वित्तिकै वैदेशिक रोजगारीको बारेमा नै छलफल गर्छौ, मन्त्रालयको काम नै वैदेशिक रोजगारी हेर्ने जस्तो भयो, त्यसकारण मन्त्रालयको संरचना नै परिवर्तन गरेका छौं’ उनले भने ।
‘पहिला के थियो भने वैदेशिक रोजगार संघ सम्बन्धी वैदेशिक रोजगार महाशाखा, विभाग, बोर्ड थियो । यस्तो हुँदा खाली वैदेशिक रोजगार हेर्न मात्र मन्त्रालय हो भन्ने मान्यता बसेको थियो । अहिले हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्यौ । अब मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, आन्तरिक रोजगार महाशाखा स्थापना भएको छ । आन्तरिक रोजगार महाशाखाले देशभित्रको रोजगारीको सम्भावना हेर्छ’मन्त्री भण्डारीले भने ।
सो छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले सामाजिक सुरक्षा कोषमा ११ प्रतिशत व्यक्ति, सम्बन्धित संस्था र रोजगारदाताले राख्ने र २० प्रतिशत सरकारले योगदान रकम राख्ने विषय राम्रो भएको भन्दै यो कार्य सफल हुने बताए ।
हाल सामाजिक सुरक्षा कोषको व्यवस्था गरिएको जानकारी गराउँदै उनले जसमा ११ प्रतिशत व्यक्ति, सम्बन्धित संस्था र रोजगारदाताले राख्ने र २० प्रतिशत सरकारले राख्ने भन्ने भएकाले नेपालमा काम गर्ने सबै व्यक्तिलाई त्यसमा आवद्ध गर्ने उद्देश्य मन्त्रालयसँग जोडिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।