logo

आगामी दशकलाई आन्तरिक रोजगार प्रर्वद्धन दशक घोषणा गर्छौ : श्रममन्त्री भण्डारी

    449   पटक पढिएको


११ माघ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुको छलफलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले आन्तरिक रोजगार सिर्जना गर्दै स्वरोजगारको निर्भरतालाई घटाउँदै लैजानकालागि श्रम रोजगार सम्मेलन गर्न लागेको बताए ।
‘आगामी फागुनमा श्रम रोजगार सम्मेलन गर्दैछौ, सम्मेलनमा वर्तमान सरकारले एउटा नीति दिएको छ । त्यही आधारमा आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने, त्यसकै आधारमा आन्तरिक रोजगार सिर्जना गर्ने लक्ष्य छ ’ उनले भने । यसैगरी, उनले अन्तिममा स्वरोजगारको निर्भरतालाई घटाउदैँ लिएर जाने भन्ने नीति अनुसार आन्तरिक रोजगार महाशाखा बनाएको बताए ।
त्यसैगरी, उनले श्रम मन्त्रालय वैदेशिक रोजगार हेर्न मात्र मन्त्रालय हो भन्ने मान्यता बसेको भन्दै यो मान्यता हटाउनकालागि आन्तरिक रोजगार महाशाखा स्थापना गरेको बताए ।
‘रोजगारीको कुरा उठ्ने वित्तिकै वैदेशिक रोजगारीको बारेमा नै छलफल गर्छौ, मन्त्रालयको काम नै वैदेशिक रोजगारी हेर्ने जस्तो भयो, त्यसकारण मन्त्रालयको संरचना नै परिवर्तन गरेका छौं’ उनले भने ।
‘पहिला के थियो भने वैदेशिक रोजगार संघ सम्बन्धी वैदेशिक रोजगार महाशाखा, विभाग, बोर्ड थियो । यस्तो हुँदा खाली वैदेशिक रोजगार हेर्न मात्र मन्त्रालय हो भन्ने मान्यता बसेको थियो । अहिले हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्यौ । अब मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, आन्तरिक रोजगार महाशाखा स्थापना भएको छ । आन्तरिक रोजगार महाशाखाले देशभित्रको रोजगारीको सम्भावना हेर्छ’मन्त्री भण्डारीले भने ।
सो छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले सामाजिक सुरक्षा कोषमा ११ प्रतिशत व्यक्ति, सम्बन्धित संस्था र रोजगारदाताले राख्ने र २० प्रतिशत सरकारले योगदान रकम राख्ने विषय राम्रो भएको भन्दै यो कार्य सफल हुने बताए ।
हाल सामाजिक सुरक्षा कोषको व्यवस्था गरिएको जानकारी गराउँदै उनले जसमा ११ प्रतिशत व्यक्ति, सम्बन्धित संस्था र रोजगारदाताले राख्ने र २० प्रतिशत सरकारले राख्ने भन्ने भएकाले नेपालमा काम गर्ने सबै व्यक्तिलाई त्यसमा आवद्ध गर्ने उद्देश्य मन्त्रालयसँग जोडिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।