logo

वैदेशिक रोजगारीबाट फर्किएका सफल उद्यमीलाई पुरस्कृत गर्न आवेदन खुला

    460   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा सफल उद्यमी बनेकाहरूलाई पुरस्कृत गर्न आवेदन खुला गरेको जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम र रोजगारी सिर्जना गरी स्वरोजगारीको माध्यामबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेका सफल उद्यमीलाई पुरस्कृत गरिने जनाएको छ ।
यसमा सहभागी हुनकालागि मन्त्रालयले आगामी ७ माघभित्र आवेदन दिने समय तोकेको छ । वैधानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा १ वर्ष काम गरी फर्किएको १ वर्ष पूरा भएको तर, पछिल्लो ५ वर्षको अवधिभित्र मन्त्रालयबाट कुनैपनि प्रकारको पुरस्कार नपाएको सफल उद्यमी हुनुपर्ने शर्त तोकेकोे छ ।
यस पुरस्कारकालागि आवेदन दिन नागरिकताको प्रतिलिपिसहित श्रम स्वीकृति, भिसा लागेको राहदानीको प्रतिलिपिका अतिरिक्त व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ता प्रमाणपत्र लगायतका कागजात समावेश गरिनुपर्ने मन्त्रालयले जनाएको छ ।
यसअघि पनि मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै देसमा राम्रो उद्यम गरिरहेका सफल उद्यमीहरुलाई पुरस्कृत गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।