logo

वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने

    407   पटक पढिएको


९ कात्तिक/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा मृत्यु भएका कामदार परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका छन् । यस अघि ७ लाख पाउँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख बढाएर १० लाख पुर्याउने निर्णय भएको मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
मन्त्रालयबाट अहिलेसम्म भएका विविध कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यस्तो निर्णय भएको जानकारी गराएका हुन् ।
उनका अनुसार यदि वैदेशिक रोजगारीमा गएको कुनै पनि व्यक्ति बिरामी परेर उपचार गर्दा गर्दै मृत्यु भएमा पनि उसले उपचार खर्च र मृत्यु भएपछि पाउने १० लाख रुपैयाँ पनि क्षतिपूर्ति पाउनेछ । तर, त्यो श्रमिकले श्रम स्वीकृति भने लिएको हुनुपर्ने स्पष्ट्र व्यवस्था गरिएको मन्त्री भण्डारीले जानकारी गराए । सो कार्यक्रममा मन्त्रालय र मातहतका सम्बन्धीत निकाएहरुबाट भएका कामहरुका बारेमा पनि जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।