logo

यस्ता छन् सबैभन्दा धेरै कामदार विदेश पठाउने २० म्यानपावर

    654   पटक पढिएको

१५ साउन/अर्थ र व्यापार – गत आर्थिक वर्ष २०८०/८१मा ७ लाख ४१ हजार नेपालीहरु वैदेशिक रोजगारीमा गए । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ५३ हजार १६३ रह्यो ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरुले २ हजार जनासम्म श्रमिकहरु वैदेशिक रोजगारीमा पठाए ।
सबैभन्दा बढी श्रमिक पठाउनेको सूचीमा निलकमल ह्युमन रिसोर्स रहेको छ । यो कम्पनीले ७ हजार २०८जना नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएको थियो ।
दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर ओभसिजले ५ हजार ७४६ जना श्रमिक विदेश पठायो । तेस्रो स्थानको एयर किंग्स प्लेसमेन्ट ४ हजार १४ जना, चौथो स्थानको प्याराडाइज इन्टरनेसनलले ३ हजार ९८५ जना र पाँचौं स्थानको साउन्डलाइन्स रिक्वायरमेन्टले ३ हजार ८३२जना श्रमिक पठाएको थियो ।
छैठौं स्थानको दि रिभर ओभरसिजले ३ हजार ७३४ जना, सातौं स्थानको इन्टरनेसनल म्यानपावर रिक्वयारमेन्टले ३ हजार ५७९ जना र आठौं स्थानको सोपोर्ट ह्युमन रिसोर्सले ३ हजार ५०९ जना श्रमिक विदेश पठाएको थियो ।
नवौं स्थानको एड्भान्स्ड म्यानेजमेन्ट सर्भिसेजले २ हजार ९८६ जना र दशौं स्थानको इम्पावार ह्युमन म्यानेजमेन्ट सर्भिसेज २ हजार ७६९ जना श्रमिक विदेश पठाएको विभागको तथ्यांकमा उल्लेख छ ।
११औं स्थानमा रहेका आकर्षण इन्टरनेसनलले र लिंक इन्टरनेसनल प्लेसमेन्टले पनि समान २ हजार ७०६ जना श्रमिक वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ ।
१२औं स्थानको सान नेपालले २ हजार ५६६ जना, १३औं मास ह्युमन रिसोर्सले २ हजार ५१७ जना, १४औं स्थानको एसपीएम ओभरसिजले २ हजार ४७३ जना र १५औं स्थानका अञ्जली ओभररसिजले २ हजार २६५ जना श्रमिक विदेश पठाएको छ ।
१६ औं स्थानको अल स्किल्स इन्टरनेसनल ह्युमन रिर्सोसले २ हजार १७६ जना , १७औं स्थानको जबसिकर म्यानपावरले २ हजार १६५ जना र १८औं स्थानको बेस्ट रिक्रुटमेन्ट सर्भिसले २ हजार १६४ जना श्रमिक पठाएको विभागले जनाएको छ ।
यसैगरी, १९औं स्थानमा रहेको अक्सोर्ड इन्टरनेसनलले २ हजार ४०८ जना र २०औं स्थानको नाइस रिक्रुटमेन्ट एजेन्सीले २ हजार ९८ जना श्रमिक विदेश पठाएको छ ।
ग्रेस ओरभसिजले २ हजार ३१ जना र अलजरा ह्युमन रिसोर्स कन्सल्टेन्सी २ हजार जना कामदार विदेश पठाएको तथ्यांक रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।