logo

श्रमाधान रोजगार मेला सम्पन्न

बाग्मती प्रदेशमा १३ हजार ९ सय ७८ जनाले दिए रोजगारीका लागि आवेदन

    927   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वदेखि पश्चिमसम्मका सातवटै प्रदेश समेटेर आयोजना गरेको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरको पाटन संयुक्त क्याम्पसमा आएर सम्पन्न भएको छ ।
बाग्मती प्रदेशमा आयोजना गरेको दुईदिने श्रमाधान रोजगार मेलामा १३ हजार ९ सय ७८ जनाले रोजगारीका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । यस मेलामा रोजगारताबाट १ हजार ५ सय ५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका थिए ।

सो मेला समापन कार्यक्रममा पाटन बहुमुखी क्याम्पसका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले नेपाली युवामा अझै पनि श्रमको महत्व नबुझेको बताए ।
विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि बेरोजगारी बढेको उनले बताए । तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्व बुझाउने बताए ।
यसैगरी, उनले मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने बताए । ‘यता रोजगारदाता श्रमिक पाइएन भन्छन् उता श्रमिक रोजगारी पाइएन भन्छन् । यस्ता मेला दुवै पक्षलाई एकै स्थानमा भेला गराउँदा समस्या सम्बोधन हुनेछ,’ उनले भने ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले रोजगार मेलाले नेपालमा नै रोजगारीको अवसर हुने सकारात्मक सन्देश दिएको बताए । उनले यस्तो मेला जिल्ला र पालिका तहसम्म लैजानुपर्ने बताए ।
कार्यक्रम समापनको अवसरमा श्रम मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको रोजगार मेलाका संयोजक डम्बरबहादुर सुनुवारले मेला सञ्चालनमा गर्न सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
गत १७ जेठदेखि कोशि प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा बुधबारदेखि सम्पन्न भएको हो । यस्तो मेला प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।