logo

गण्डकी प्रदेश पुगेर सुरुभयो श्रमाधान रोजगार मेला

    941   पटक पढिएको


२१ जेठ/अर्थ र व्यापार – पूर्वको कोशी प्रदेश र मधेश प्रदेश हुँदै गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु भएको छ ।
गण्डकी प्रदेशको पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा सोमबारबाट सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्था रहेको छन् ।
श्रमाधान रोजगार मेलामा विभिन्न खालका ३९ वटा स्टल राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, वैदेशिक रोवजगार बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगरपालिका, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।
पोखरामा मंगलबारसम्म चल्ने दुईदिने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ । मेलाको पहिलो दिन श्रम आप्रवासन ः कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात, रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ ।
यसैगरी, मेलाको दोस्रो दिन मंगलबार शिक्षा र रोजगारीबीचको सेतु ः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुनेछ ।
मेलामा स्वागत मन्तव्य राख्दै श्रम मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले रोजगारदाता र रोजगारी खोज्नेहरूबीच यो मेलाले पुलको काम गर्ने बताए । बाध्यतात्मक वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न यो मेला सांकेतिक पहल भएको उनको भनाइ थियो ।
गत १७ जेठमा कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा आइपुगेर समापन हुने छ । मेलाले रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण मानिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
देशैभर सञ्चालन गर्ने उदेस्यकासाथ कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको जनकपुरधामपछि सोमबारबाट गण्डकी प्रदेशको पोखरामा पुगेको श्रमाधान रोजगार मेला सोमबारबाट शुरु भएको हो ।
यो मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको हो ।
यस मेलाको संयोजन होटल संघ नेपाल (हान) र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।
आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्नु मेलाको उद्देश्य रहेको श्रम मन्त्रालयले जनाएको छ ।
मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने मन्त्रालयको भनाई छ ।
यस मेलामा बायोडाटा निर्माण सिकाइ, रोजगारदाता, वैदेशिक रोजगार तथा कल सेन्टर बुथलगायतका कम्तीमा ३५ वटा स्टल तथा बुथहरु रहेका छन् । यस मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
आइतबार सम्पन्न मधेश प्रदेश श्रमाधान रोजगार मेलामा करिब ६ हजारले अवलोकन गरेका थिए । दुई दिनको अवधिमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका थिए । सो मेलामा रोजगारीका लागि होटलतर्फ १०५ जना, अटोमोबाइल क्षेत्रमा ३५, बैंकमा २७ र सेक्युरिटगार्डतर्फ ८० जना गरी जम्मा २ सय ४७ जना आवेदकलाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।
देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आगामी ३० जेठमा समापन हुने कार्य तालिका रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनःएकीकरण परियोजना (रेमी)ले पनि यस मेलामा विशेष सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।