logo

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा थापा

    570   पटक पढिएको



६ जेठ/अर्थ र व्यापार – नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौमा सम्पन्न एशोसियसनको १२ औं साधारण सभापछिको निर्वाचनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामबाट सदिक्षा ओभरर्सिजका सञ्चालक थापा कुल १सय ५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी चिरञ्जिवी बस्यालले ८२ मत ल्याएका थिए भने तारानाथ अर्यालले ६९ मत ल्याएका थिए । नेपाली काँग्रेशको शुभेच्छुक संस्था एशोसिएसनको सो निर्वाचनमा अध्यक्षमा तीन जना व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो ।
एशोसिएसनको प्रथम उपाध्यक्षमा विनोदजंग केसी निर्वाचित भएका छन् । केसीले कुल १ सय ३६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भवानी प्रसाद निरौलाले ९२ मत ल्याएका थिए भने जंगबहादुर इजमले ७५ मत प्राप्त गरेका थिए ।
यसैगरी, एशोसिएसनको द्वितीय उपाध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । गैरे १ सय ५९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले १ सय ३५ मत प्राप्त गरेका थिए । त्यस्तै तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने १ सय ८८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश कार्कीले १ सय ६ मत प्राप्त गरेका थिए ।
महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेत १ सय ६५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कुवेर सिंह कोइराला (पंकज)ले ७४ मत ल्याए भने मोहन कुमार ढुंगेलले ६६ मत प्राप्त गरेका थिए । सचिवमा तुलसी रामपुरी निर्वाचित भएका छन् । पुरी १ सय ७२ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी विश्वास तिमिल्सिनाले १सय १६ मत प्राप्त गरेका थिए । सहसचिवमा राजकाजी भोलान (राज लामा) निर्वाचित भएका छन् । भोलान १ सय ६३ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी निलम केसीले १ सय ३० मत प्राप्त गरिन् ।
कोषध्यक्षमा हिमा गुरुङ निर्वाचित भएकी छिन् । गुरुङ १ सय ८३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी गोमा गिरी क्षेत्री (अञ्जु) ले १ सय ४ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा लिल बहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ १ सय ६१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी यमबहादुर क्षेत्री केसीले १ सय २९ मत ल्याएका थिए ।
एशोसिएसनको सदस्यहरुमा देवीप्रसाद गिरी (२२६), शालिकराम अधिकारी (२०७), दिपक कुमार राय (२१०), सौरभ आचार्य (१९२), विद्यालक्ष्मी बज्राचार्य (२४०), अभिनयमान सिंह बस्नेत (१९५), राजेश्वर यादव (१९९), सविता कुमारी सिंह (२५३), रोशना निरौला (१९५) र महेश कुमार श्रेष्ठ (२११) मत ल्याएर निर्वाचित भएका छन् ।
सो साधारण सभाको उद्घाटन शत्रमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला, एशोसियसनका पूर्वअध्यक्षहरु, नेपाली काँगैसका नेताहरु, नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी लगायतले आ– आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।