logo

काठमाडौं महानगरको ‘सिप मेला’ सुरु

शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउने लक्ष्य

    1020   पटक पढिएको

१९ वैशाख/अर्थ र व्यापार – १३५ औं विश्व मजदुर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौको टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको छ ।
यो मेलामा १० वटा क्षेत्रका २९ पेशासँग सम्बन्धित विषयमा २ हजार ८१ जनालाई निःशुल्क तालिम प्रदान गरिने महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।
आगामी एक महिनासम्म चल्ने यो सिप मेलाको अवसरमा १० वटा क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । अझै प्राप्त मागका आधारमा थप तालिमका क्षेत्र र पेशा थप गर्ने योजना महानगरपालिकाको छ।
अहिले काठमाडौं महानगरपालिकाले माली, डिजिटल मार्केटिङ, जुत्ता बनाउने, ज्योतिषी र पुरोहित, कपाल काट्ने, हेयर स्टाइलिङ, पल्मबिङ, इलेक्ट्रिसियन, कम्पयुटर हार्डवेयर र नेटवर्किङ, रेफ्रिजिरेटर मर्मत र एसी टेकनिसियन, वाइल्डिङ, टायल र मार्बल फिटिङ, वेटर लगायत तालिम दिइने बताएको छ ।
यो सबै तालिम भृकुटीमण्डपस्थित सभागृह लगायतका स्थानमा हुनेछन्। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउन यो तालिम सुरु गरिएको हो ।
यस्तै, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाएर, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउनु पनि यो तालिम संचालनको मुख्य लक्ष्य रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । विभिन्न क्षेत्रमा आयोजना गरिने यो तालिम आगामी एक महिनासम्म संचालन हुने काठमाडौ महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।