logo

काठमाडौं महानगरको ‘सिप मेला’ सुरु

शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउने लक्ष्य

    727   पटक पढिएको

१९ वैशाख/अर्थ र व्यापार – १३५ औं विश्व मजदुर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौको टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको छ ।
यो मेलामा १० वटा क्षेत्रका २९ पेशासँग सम्बन्धित विषयमा २ हजार ८१ जनालाई निःशुल्क तालिम प्रदान गरिने महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।
आगामी एक महिनासम्म चल्ने यो सिप मेलाको अवसरमा १० वटा क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । अझै प्राप्त मागका आधारमा थप तालिमका क्षेत्र र पेशा थप गर्ने योजना महानगरपालिकाको छ।
अहिले काठमाडौं महानगरपालिकाले माली, डिजिटल मार्केटिङ, जुत्ता बनाउने, ज्योतिषी र पुरोहित, कपाल काट्ने, हेयर स्टाइलिङ, पल्मबिङ, इलेक्ट्रिसियन, कम्पयुटर हार्डवेयर र नेटवर्किङ, रेफ्रिजिरेटर मर्मत र एसी टेकनिसियन, वाइल्डिङ, टायल र मार्बल फिटिङ, वेटर लगायत तालिम दिइने बताएको छ ।
यो सबै तालिम भृकुटीमण्डपस्थित सभागृह लगायतका स्थानमा हुनेछन्। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउन यो तालिम सुरु गरिएको हो ।
यस्तै, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाएर, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउनु पनि यो तालिम संचालनको मुख्य लक्ष्य रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । विभिन्न क्षेत्रमा आयोजना गरिने यो तालिम आगामी एक महिनासम्म संचालन हुने काठमाडौ महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।