logo

श्रमिकको हवाई टिकटमै खाना–खाजा राख्न विभागले काट्यो पत्र

    894   पटक पढिएको

१४ बैशाख/अर्थ र व्यापार – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई विमानमा खाना–खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल सुरु गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बजेट एयरलाइन्स भन्दै चर्को शुल्क पनि लिने तर खाना पानीको सुविधा नदिने भइरहेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो विभदपूर्ण व्यवस्था हटाउन पहल गर्नुुपर्ने निष्कर्ष निकालेको थियो ।
मन्त्रालयले गरेको निणर्यकै आधारमा बैदेशिक रोजगार विभागले विभिन्न निकायमा पत्राचार गरेर हवाई टिकटमै विमानभित्र खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको उचित हवाई भाडा तथा सुविधाको व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वैदेशिक रोजगार व्यवासयी संघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् ( नाट्टम) लाई पत्र काटेर विभागले यस्तो आग्रह गरेको छ ।
विभागका अनुसार मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
विभागका महानिर्देशक डण्डुराज घिमिरले यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको बताए ।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कै नै तिर्नुपर्ने अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल ग¥यौं,’ घिमिरेले भने ।
छलफलपछि सम्बन्धित निकायलाई पत्राचार गरी विमानको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको उनले बताए ।
विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।