logo

श्रमिकको हवाई टिकटमै खाना–खाजा राख्न विभागले काट्यो पत्र

    610   पटक पढिएको

१४ बैशाख/अर्थ र व्यापार – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई विमानमा खाना–खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल सुरु गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बजेट एयरलाइन्स भन्दै चर्को शुल्क पनि लिने तर खाना पानीको सुविधा नदिने भइरहेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो विभदपूर्ण व्यवस्था हटाउन पहल गर्नुुपर्ने निष्कर्ष निकालेको थियो ।
मन्त्रालयले गरेको निणर्यकै आधारमा बैदेशिक रोजगार विभागले विभिन्न निकायमा पत्राचार गरेर हवाई टिकटमै विमानभित्र खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको उचित हवाई भाडा तथा सुविधाको व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वैदेशिक रोजगार व्यवासयी संघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् ( नाट्टम) लाई पत्र काटेर विभागले यस्तो आग्रह गरेको छ ।
विभागका अनुसार मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
विभागका महानिर्देशक डण्डुराज घिमिरले यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको बताए ।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कै नै तिर्नुपर्ने अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल ग¥यौं,’ घिमिरेले भने ।
छलफलपछि सम्बन्धित निकायलाई पत्राचार गरी विमानको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको उनले बताए ।
विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।