logo

श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपिएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल ,कामदार छनोटको पूर्ण अधिकार कोरियालाई

    504   पटक पढिएको

१३ बैशाख/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संशाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस ग्वार्को र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालको उपस्थितिमा त्रिपक्षीय छलफल भएको हो ।
छलफलमा रिटर्नीहरुका प्रश्नको जवाफमा एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङहयून क्वाकले रिटर्नीहरुलाई कुनै विभेद नगरिएको प्रष्ट पारे । छलफलपछि श्रममन्त्री अर्यालले कामदार छनोटका विषयमा कोरिया रिटर्नीहरुका आशंका तथा जिज्ञासा मेटिएकोमा आफू विश्वस्त रहेकोे बताए ।
श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमिकको गुनासो सिधै सम्बन्धित निकायसमक्ष राख्न छलफल गराइएको बताए । यस प्रकारको त्रिपक्षीय छलफल पहिलो पटक गराइएको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
छलफलमा कोरिया रिटर्नीहरुले यसअघि सार्वजनिकरुपमा एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातासमक्ष नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो राखेका थिए ।
निर्देशक क्वाकले १६ वटा स्रोत मुलुकहरुबाट कोरिया जाने श्रमिकको छनोटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने भन्दै एचआरडी कोरियाले नेपाल र कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनोट गरी रोष्टरमा मात्रै राख्ने काम गरेको विषयमा सबैलाई जानकारी हुनुपर्ने बताए ।
‘श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता हुँदैन । हामीले अनलाइनमार्फत पारदर्शीरुपमा नै परीक्षा लिन्छौं । उत्तीर्ण भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गरेर पठाउने हो, श्रमिकको छनोट रोजगारदाताले नै गर्ने व्यवस्था छ’ उनले भने ।
निर्देशक क्वाकका अनुसार कोरियन रोजगारदाताले अनलाइनमार्फत नै श्रमिकको माग गर्ने भएकाले रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबीच कोरियाको श्रम मन्त्रालय मातहतको जव सेन्टरले समन्वय गर्ने बताए ।
उनले रोजगारदाताले तोकेको मापदण्डअनुसार जव सेन्टरले श्रमिकको सूची पठाउने र जव सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनोट गर्ने भएकाले जव सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनोटमा पर्छ भन्ने सुनिश्चितता नहुने बताए ।
उनले भने, ‘रोजगारदातालाई मन परेमा छनोट गर्न पनि सक्छ, नगर्न पनि सक्छ । कोरियाका रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौंले आवेदन दिन्छन् । तर रोजगारदाताले आफूले चाहेको एक जनामात्रै छनोट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौं संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनोट गर्छन् । जव सेन्टरले श्रमिकको सूची पठाउँदा मागभन्दा तीन गुणा बढी पठाउने गरेका छन् । सोही सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छन् ।’
नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको मागभन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । कोरियाले गत फेब्रुअरीदेखि रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परीक्षाका लागि आवेदन लिने नयाँ व्यवस्था गरेको छ । श्रमिक छनोट गर्ने प्रक्रियाको विषयमा गत पुस १३ गते ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा दुई युवकको ज्यान गएको थियोे । निर्देशक क्वाकले गलत सूचना फैलिएर उक्त घटना भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरे ।
यसैगरी? कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ । त्यसैले कोरिया र नेपालबीचको सुमधुर सम्बन्धलाई यथावत राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे ।
कोरिया र नेपालबीच ईपीएसमार्फत कोरिया रोजगारीका लागि सन् २००७ मा सम्झौता भइ सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक ईपीएसमार्फत कोरिया पुगेका थिए । गत वर्ष सन् २०२३ मा नेपालबाट १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै कोरियाले पुरस्कृत पनि गरेको थियो ।
दक्षिण कोरियाले गत वर्षसम्ममा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा यसपटकदेखि सिप बिल्डिङ क्षेत्रमा पनि कामदार लैजान थालेको छ ।
एचआरडी कोरियाको मागअनुसार वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनोट प्रक्रिया एचआरडी कोरिया ईपीएस सेन्टरले गर्छ । कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परीक्षा लिन्छन् र तत्काल रिजल्ट निकाल्छन् । परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई ईपीएस शाखाबाट रोजागरीका लागि फराम भराइ विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठिक भएपछि एप्रुभ गरी रोष्टरमा सूचीकृत गरिन्छ । खाडी र मलेसियाको तुलनामा कम लागतमा जान सकिने कोरियामा कमाइ भने धेरै गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।