logo

नेपाली श्रमिकको सिप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह

    875   पटक पढिएको


५ बैशाख/अर्थ र व्यापार – श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतारसँग आग्रह गरेका छन् ।
नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग मंगलबार भएको भेटवार्तामा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न यस्तो आग्रह गरेका हुन् । ‘हामी सिपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौं । त्यसैले श्रमिकको सिप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ मन्त्री अर्यालले भने ।
कतारले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीकालागि राम्रो अवसर दिएकोमा पनि मन्त्री अर्यालले राजदुत मार्फत कतार सरकारलाई धन्यवाद दिए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनीय छ,’ उनले भने ।
नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो बाह्य जनशक्ति स्रोत मुलुक भएको बताए । कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको भन्दै उनले नेपाली श्रमिकको सिप विकास लागि कतार सक्दो सहयोग गर्न तयार रहेको बताए । ‘नेपाली श्रमिकको सिप विकासका लािग के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने ।
सो भेटवर्तामा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल वैदेशिक रोजगारीकालागि आकर्षक श्रम गन्तव्य मुलुक कतारमा ३ लाख ६७ हजार ३ सय ८९ जना नेपाली श्रमिक कार्यरत छन् । जसमध्ये पुरुषको संख्या ३ लाख ५१ हजार ८ सय ३४ जना छ भने महिला श्रमिकको संख्या १५ हजार ५ सय ५५ जना रहेको छ । कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागु गरेर कामदारलाई सहयोग पु¥याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।