logo

८ महिनामा विदेशबाट १६ सय श्रमिकले लिए टेलिमेडिसिन सेवा

    809   पटक पढिएको


८ चैत/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा रहेर स्वास्थ्य समस्या भएकाहरुमध्ये मानसिक समस्याबारे परामर्श र सेवा लिनेको संख्या ठूलो देखिएको छ । वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि वीर अस्पतालबाट सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवामा मानसिक समस्या बताउनेको संख्या ठूलो देखिएको हो ।
चालु आर्थिक बर्ष २०८०÷८१ को फागुन महिनासम्म (८ महिनाको अवधि) मा एकहजार ६३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । त्यसमध्ये २३५ मानसिक समस्याबारे सेवा तथा परामर्श लिएको बोर्डले जनाएको छ ।
पछिल्लो वर्षहरुमा विदेशमा रहेका नेपालीहरुमा मानसिक समस्या बढ्दो छ । बोर्डका अनुसार यो अवधिमा ४०० जना श्रमिकले सामान्य स्वास्थ्य तथा औषधी सम्बन्धी परामर्श लिएका छन् । २७३ जनालाई सर्जरी सम्बन्धी परामर्श दिइएको र १८३ अर्थोपेडिक, २१७ जनालाई ईएनटी, १२५ जनालाई छाला सम्बन्धी परामर्श दिइएको छ ।
१९ जनाले आँखा सम्बन्धी, ३१ जनाले दाँत सम्बन्धी, ४२ जनाले पेट सम्बन्धी, ४४ जनाले युरोलोजी सम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको तथ्यांक छ । यो वर्ष मलेसियाबाट ३९४, साउदी अरब ३१०, युएई १९२, कतार १७५, कुवेत १७१, कोरिया १५७, ओमान ५७, साईप्रस ५३, जापान ४०, रोमानिया ३५, बहराइन १२, जाम्बिया १०, जर्मनी ९, माल्दिभ्स ७, इराक ४, माल्टा ३, युके १० र अफ्रिकाबाट एक जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका थिए ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्ड मार्फत टेलिमेडिसिन सेवा शुरु गरेको हो । बोर्डले १० चैत २०७९देखि सेवा सञ्चालनमा ल्याएको थियो ।
श्रमिकले फेसबुक, ह्वाटसएप, भाइबर, ईमो लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्क गरी यो सेवा लिन सक्ने व्यवस्था छ । टेलिमेडिसिन सेवा सम्बन्धी जानकारी लिंदै श्रममन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाईने बताए ।
बोर्डको सहकार्यमा वीर अस्पतालले विहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा सञ्चालन गर्दे आएको छ । टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाइएको छ । प्रत्येक साताको शुक्रबार र आइतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सक समेत उपलब्ध गराउने गरिएको छ ।
अहिले दैनिक औसत ७ जना श्रमिकले टेलिमेडिसिन सेवा लिइरहेका छन् । हालसम्म १८ वटा मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।