logo

वैदेशिक रोजगार व्यवसायी संघद्वारा यूएईमा रोजगार मेला सम्पन्न, मर्यादित रोजगारीमा श्रममन्त्री भण्डारीको जोड

    945   पटक पढिएको


२० फागुन/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईको दुबई शहरमा शनिवार आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ ।
सो फेयरमा ६४ वटा स्टल राखिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मेलाको उद्घाटन गर्दै मर्यादित र स्वच्छ प्रक्रियाको पुुनः परिभाषित गरेर वैदेशिक रोजगारीको क्षेत्रलाई थप सम्मानित बनाउनुपर्ने अहिले आवश्यकता रहेको बताए ।
‘यूएईले हासिल गरेकोे विश्वस्तरको उपलब्धिमा नेपाली कामदारको उच्च योगदान रहेकोे छ । नेपाली कामदारको सम्मान र सुविधामा वृद्धि गरिनु पर्दछ । विज्ञान र प्रविधिको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेकाले चुनौतीको सामना गर्न बजारको मागअनुसार श्रमिकको सीप क्षमताको विकासमा नेपालले लगानी गर्न चाहेको छ, मन्त्री भण्डारीले भने ।
कामदारको अधिकार, सुरक्षा र सम्मानको विषयमा पारदर्शी क्लिन एण्ड क्लियर हुनुपर्ने भन्दै मन्त्री भण्डारीले सुरक्षाको वातावरण र द्विपक्षीय सम्झौता भए हाल पुरुष कामदार पठाइएको घरेलु काममा महिला पनि पठाउन नेपाल तयार रहेकोे बताए ।
सो जब फेयरमा रहेका सम्पूर्ण स्टल अवलोकन गरी उत्साहित भइ काम गर्न र नयाँ अवसरको खोजी गर्न आग्रह गर्दै मन्त्री भण्डारीले जतिसक्दो छिटो साउदी र मलेसियामा पनि जव फेयर कार्यक्रम आयोजना गरिने बताए ।
रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, यूएईका श्रम डिभिजन प्रमुख अहमेद अल यासी, इन्टरनेशनल रिलेसन स्पेसियलिष्ट अब्दुल लाजिज अल शामसीले नेपाली कामदारको सीप, उनीहरुले निर्वाह गर्ने जिम्मेवारी र उनीहरुको युएईको विकासमा रहेको भूमिकाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले रोजगारदाताहरुसँग नेपाली मेनपावर व्यवसायीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको बताए । कार्यक्रममा संघका कार्यसमिति सदस्य नारायण भुषालले पावर प्वाइन्ट प्रिजेन्टेशनमार्फत नेपालको समग्र श्रम जनशक्तिको विषयमा जानकारी गराएका थिए ।
रोजगार मेलामा ६४ मेनपावर कम्पनी र कर्मचारीसहित २ सय जनाभन्दा बढीको सहभागिता रहेकोे थियोे । जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिकबहादुर खत्रीले जव फेयरमा नेपालका नयाँ तथा पुराना व्यवसायी उत्तिकै उत्साहका साथ सहभागी भएको बताए ।
सो फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित स्थानीय रोजगारदाताहरुलाई अवलोकनका लागि आमन्त्रण गरिएको थियोे । तर, राजदूत क्षेत्रीले समय चापले अपेक्षित तयारी पूरा हुन नसकेका कारण अपेक्षित संख्यामा रोजगारदाता सहभागी नभएको बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पहिलोपल्ट नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा यूएईमै जब फेयर आयोजना गरेको थियोे । नेपाली दूतावास यूएईमा कार्यरत श्रम काउन्सिलर दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिको प्रयोगका कारण धेरै परिवर्तन भएकाले जब फेयर छिटोछिटो भइरहनुपर्ने बताए ।
सुवेदीले नेपालले १७ वर्षको अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्सजस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर रोजगारदाताहरुलाई आफ्नोे देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले धेरै लाभ उठाएको बताए । नेपालबाट पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी ५ लाख बढीले काम गरिरहेको पनि काउन्सिलर श्रम सुवेदीले बताए ।
यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी तिर्नु नपर्ने भनिएपनि रोजगारदाताको कमीकमजोरीका कारण प्राय सबै कामदार धेरै शुल्क तिरेर आऊने गरेका छन ।
जव फेयरमा यूएईमा कामदार पठाउने मेनपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल बुकिङ गरेका थिए । युएईकालागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले हतार हतारमा गरिएको कार्यक्रम भएकाले स्थानीयको उपस्थिति कमी भए पनि कार्यक्रम अत्यन्तै राम्रो भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।