logo

झन्डै ५० अर्ब पुग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

    777   पटक पढिएको


१० फागुन/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गरेको योगदान वापतको रकम झन्डै ५० अर्ब रुपैयाँ पुगेको छ । कोषको दैनिक तथ्यांकअनुसार बुधबारसम्म कोषमा कुल ४९ अर्ब ८६ करोड रुपैयाँ योगदान वापतको रकम जम्मा भएको हो ।
२०७५ सालको ११ मंसिरमा निकै तामझामकासाथ शुरुवात भएर २०७६ सालको १ साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको कोषमा अहिलेसम्म १८ हजार ७ सय ८ वटा रोजगारदाता र ११ लाख ४८ हजार ७ सय १२ जना योगदानकर्ता आवद्ध भएको कोषले जनाएको छ ।
कोषमा सबैभन्दा धेरै रोजगारदाता बागमती प्रदेशबाट १२ हजार ८९६ वटा आवद्ध भएका छन् । यसैगरी, कोशी प्रदेशबाट १९ सय ६३, लम्बिनी प्रदेशबाट १५ सय ४९, मधेश प्रदेशबाट ८९३, गण्डकी प्रदेशबाट ८ सय ७३, सुदुरपश्चिम प्रदेशबाट २ सय ७८ र कर्णाली प्रदेशबाट २ सय ५६ वटा रोजगारदाता कोषमा आवद्ध भएका छन् ।
योगदानकर्ताहरु पनि बागमती प्रदेशबाट नै सबैभन्दा धेरै संख्यामा आवद्ध भएको कोषको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ३ लाख ६९ हजार ११७ जना योगदानकर्ता बागमती प्रदेशबाट कोषमा आवद्ध भएका छन् । त्यसैगरी, कोशी प्रदेशबाट ४८ हजार ८५२, मधेश प्रदेशबाट २४ हजार ३४३, गण्डकी प्रदेशबाट १८ हजार ६४६, लुम्बिनी प्रदेशबाट १६ हजार ७१२, सुदुरपश्चिम प्रदेशबाट १९७५ र कर्णाली प्रदेशबाट १६ सय ४३ जना आवद्ध भएका छन् ।
कोषको तथ्यांकअनुसार कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या स्वदेशमा रोजगार गर्नेको भन्दा विदेशमा रोजगार गर्नेको संख्या बढी पुगेको छ । बुधबारसम्मको तथ्यांकमा ६ लाख ६७ हजार २३१ जना वैदेशिक रोजगारीमा गएकाहरु कोषमा योगदानकर्ताको रुपमा आवद्ध भएका छन् ।
्कोषमा अनौपचारिक क्षेत्रबाट र स्वरोजगार योगदानकर्ताहरुको आवद्धता भने अत्यन्तै न्यून देखिएको छ । तथ्यांकअनुसार बुधबारसम्म कोषमा अनौपचारिक क्षेत्रबाट १२१ जना र ७२ जना स्वरोजगार गर्नेहरु आवद्ध भएका छन् ।
यसैगरी, कोषले सेवा सञ्चालन भएदेखि अहिलेसम्म ७ अर्ब ६३ करोड दाबी भुक्तानी गरेको जनाएको छ । बुधबारसम्मको तथ्यांकअनुसार कोषले १ लाख २६ हजार ५९९ जनालाई २ लाख ७५ हजार ३ सय १८ पटक दाबी भुक्तानी गरेको छ ।
जसमध्ये कोषले अहिलेसम्म सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ६ अर्ब ४९ करोड ५७ लाख ४५ हजार २४ रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ९० करोड ६५ लाख ६२ हजार २०१, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १० करोड ५५ लाख ३८ हजार ४६९, आश्रित परिवार सुरक्षा योजनामा १२ करोड ६२ लाख ५२ हजार ८०५ रुपैयाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।