logo

झन्डै ५० अर्ब पुग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

    545   पटक पढिएको


१० फागुन/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गरेको योगदान वापतको रकम झन्डै ५० अर्ब रुपैयाँ पुगेको छ । कोषको दैनिक तथ्यांकअनुसार बुधबारसम्म कोषमा कुल ४९ अर्ब ८६ करोड रुपैयाँ योगदान वापतको रकम जम्मा भएको हो ।
२०७५ सालको ११ मंसिरमा निकै तामझामकासाथ शुरुवात भएर २०७६ सालको १ साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको कोषमा अहिलेसम्म १८ हजार ७ सय ८ वटा रोजगारदाता र ११ लाख ४८ हजार ७ सय १२ जना योगदानकर्ता आवद्ध भएको कोषले जनाएको छ ।
कोषमा सबैभन्दा धेरै रोजगारदाता बागमती प्रदेशबाट १२ हजार ८९६ वटा आवद्ध भएका छन् । यसैगरी, कोशी प्रदेशबाट १९ सय ६३, लम्बिनी प्रदेशबाट १५ सय ४९, मधेश प्रदेशबाट ८९३, गण्डकी प्रदेशबाट ८ सय ७३, सुदुरपश्चिम प्रदेशबाट २ सय ७८ र कर्णाली प्रदेशबाट २ सय ५६ वटा रोजगारदाता कोषमा आवद्ध भएका छन् ।
योगदानकर्ताहरु पनि बागमती प्रदेशबाट नै सबैभन्दा धेरै संख्यामा आवद्ध भएको कोषको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ३ लाख ६९ हजार ११७ जना योगदानकर्ता बागमती प्रदेशबाट कोषमा आवद्ध भएका छन् । त्यसैगरी, कोशी प्रदेशबाट ४८ हजार ८५२, मधेश प्रदेशबाट २४ हजार ३४३, गण्डकी प्रदेशबाट १८ हजार ६४६, लुम्बिनी प्रदेशबाट १६ हजार ७१२, सुदुरपश्चिम प्रदेशबाट १९७५ र कर्णाली प्रदेशबाट १६ सय ४३ जना आवद्ध भएका छन् ।
कोषको तथ्यांकअनुसार कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या स्वदेशमा रोजगार गर्नेको भन्दा विदेशमा रोजगार गर्नेको संख्या बढी पुगेको छ । बुधबारसम्मको तथ्यांकमा ६ लाख ६७ हजार २३१ जना वैदेशिक रोजगारीमा गएकाहरु कोषमा योगदानकर्ताको रुपमा आवद्ध भएका छन् ।
्कोषमा अनौपचारिक क्षेत्रबाट र स्वरोजगार योगदानकर्ताहरुको आवद्धता भने अत्यन्तै न्यून देखिएको छ । तथ्यांकअनुसार बुधबारसम्म कोषमा अनौपचारिक क्षेत्रबाट १२१ जना र ७२ जना स्वरोजगार गर्नेहरु आवद्ध भएका छन् ।
यसैगरी, कोषले सेवा सञ्चालन भएदेखि अहिलेसम्म ७ अर्ब ६३ करोड दाबी भुक्तानी गरेको जनाएको छ । बुधबारसम्मको तथ्यांकअनुसार कोषले १ लाख २६ हजार ५९९ जनालाई २ लाख ७५ हजार ३ सय १८ पटक दाबी भुक्तानी गरेको छ ।
जसमध्ये कोषले अहिलेसम्म सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ६ अर्ब ४९ करोड ५७ लाख ४५ हजार २४ रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ९० करोड ६५ लाख ६२ हजार २०१, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १० करोड ५५ लाख ३८ हजार ४६९, आश्रित परिवार सुरक्षा योजनामा १२ करोड ६२ लाख ५२ हजार ८०५ रुपैयाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।