logo

सामाजिक सुरक्षा कोषले गण्डकीका ३३ स्थानीय तहसंग गर्यो सम्झौता

    899   पटक पढिएको

८ माघ/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन गण्डकी प्रदेशका ३३ वटा स्थानीय तहसँग सम्झौता गरेको छ ।
सामाजिक सुरक्षा कोष र गण्डकी प्रदेशका ३३ स्थानीयतहबीच पोखरामा सम्पन्न भएको सम्झौतामा गण्डकी प्रदेशको पाँचवटा जिल्लाहरु तनहुँ, काँस्की, स्याङजा, बागलुङ र पर्वतका विभिन्न स्थानीय तहले कोषसँग सम्झौता गरेका हुन् ।
कोषद्धारा पोखरामा आयोजित ‘सामाजिक सुरक्षा कोष सम्बन्धी’ दुईदिने कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी सहभागी भएका थिए । पोखरामा सम्पन्न भएको स्थानीय तहसँग सामाजिक सुरक्षा कोष कार्यक्रम समापनको अवसरमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र स्थानीय तहको तर्फबाट विभिन्न स्थानीय तहका जनप्रतिनिधिले हस्ताक्षर गरेका हुन ।
स्थानीय तहसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले एकैपल्ट गण्डकीका ३३ वटा स्थानीय तहसँग सम्झौता भएर नयाँ इतिहासको सुरुवात भएको बताए । संविधानको मौलिक हकमा योगदानमा आधारित सामाजिक सुरक्षालाई समेटिएको जानकारी गराउँदै मन्त्री भण्डारीले भने, ‘संविधानले दिएका अधिकारलाई सुनिश्चित गर्ने बाटोमा सरकार अघि बढेको छ ।’
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुँदाका विभिन्न फाइदाहरुकाबारेमा जानकारी गराउँदै कोषले यो सम्झौता पूर्ण रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
वालिङ नगरपालिकाकी उपप्रमुख कविता गैरेले स्थानीय तहको योगदानमा संघ र प्रदेश सरकारले पनि सहकार्य गर्दा व्ययभार कम पर्ने धारणा राखिन । वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ता नै नआएको अवस्थामा यो अर्को आर्थिक बोझ थपिने हो कि भन्ने चिन्ता स्थानीयतहमा भएको बताउँदै उनले भनिन्, ‘ वैदेशिक रोजगार, बसाइसराइँ रोक्ने यो उत्तम विकल्प भएकाले हामीहरु यस सम्झौताका लागि तयार भएका हौं ।’
सो कार्यक्रममा गण्डकीका विभिन्न ४४ वटा स्थानीय तहले सहभागीता जनाएका थिए । यो सम्झौतासँगै सामाजिक सुरक्षा कोषमा आवद्ध हुने स्थानीय तहको संख्या गण्डकी प्रदेशमा मात्र ३३ वटा पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
यसअघि अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने पहिलो स्थानीय तह स्याङजाको फेदीखोला गाउँपालिका रहेको थियो । बागलुङको ताराखोला गाउँपालिकाले समेत सामाजिक सुरक्षा कोषसँग सम्झौता यसअघि नै गरिसकेको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा समावेश हुनकालागि सम्झौता गरेका स्थानीय तहहरुको संख्या देशभर ४३ वटा पुगेको कोषले जनाएको छ ।
कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सम्झौता बमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार योगदानकर्ताले सरकारले तोकेको आधारभूत पारिश्रमिक कुल २० दशमलब ३७ प्रतिशत रकम मध्ये ११ प्रतिशत रकम श्रमिक आफैंले जम्मा गर्नुपर्छ । जसमा स्थानीय तहले सो रकमको ९ दशमलब ३७ प्रतिशत सह योगदान गरिदिने छ ।
कोषको कार्यविधीले यस योजनामा सहभागी भई नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई सोही योगदान रकमबाट विभिन्न योजनामा सुविधा उपलब्ध गराउने छ । यस योजनामा सहभागी भई नियमित योगदान गर्ने योगदानकर्ताहरुले औषधीउपचार, स्वास्थ्य र मातृ सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना अन्तर्गतका सुविधा पाउनेछन । यसले अनौपचारिक क्षेत्रका किसान र श्रमिकलाई पेन्सन र विमाको ग्यारेन्टी गर्ने र जनशक्ति विदेश पलायन हुनबाट समेत रोक्ने कोषको दावी छ ।
यसअघि वीरगञ्ज महानगरपालिका, जीतपुर सिमरा उपहानगरपालिका, बर्दिवास नगरपालिका, बेलबारी नगरपालिका, मरिन गाउँपालिका, भीमफेदी गाउँपालिका, चिंगाड गाउँपालिका, ऐरावती नगरपालिका, बलरा नगरपालिका, गोडैता नगरपालिकाले कोषसँग यस्तो सम्झौता गरिसकेको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।