logo

वैदेशिक रोजगार व्यवसायीले नै निर्धारण गरे श्रमिकबाट लिनुपर्ने लागत शुल्क ,१० बुँदे माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

    929   पटक पढिएको

 

२३ पुस/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यवसायीहरू आफैले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन् । सरकारले अभिमुखीकरण शुल्क लगायत सबै लागत खर्च बढाएर नयाँ नियम लागु गर्न लागेको भन्दै असन्तुष्टी जनाएका व्यवसायीले सरकारलाई यस्तो प्रस्ताव गरेका हुन ।
वैदेशिक रोजगार व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा पठाउने नेपाली कामदारको लागत खर्च निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले यस्तो लागत शुल्क प्रस्ताव गरेका हुन्।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रलाई थप मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन संघद्धारा प्रस्तावित यस्तो ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए ।
उनले कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने बताए । सम्बन्धीत देसको रोजगारदाताबाट रिकुटमेन्ट एजेन्सिलाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने भन्दै उनले तर, रोजगारदाता कम्पनीले नदिएको खण्डमा १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत अनुमान शुल्क लिन पाउनुपर्ने व्यवसायीको माग रहेको बताए ।

संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघद्धारा प्रस्तावित सो शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भएमात्र लागत खर्च पारदर्शी हुने बताए । उनले कामदारको सो रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाइनुपर्ने व्यवसायीको प्रस्ताव रहेको बताए ।
यसैगरी, संघका महासचिव मेघनाथ भुर्तेलले यदि रोजगारदाता कम्पनीले नदिएको खण्डमा यस्तो लागत खर्च रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेर तिर्ने व्यवस्था मिलाउनुपर्ने संघको माग रहेको बताए ।
पत्रकार सम्मेलन मार्फत संघरले पछिल्लो समय सरकारबाट भएको साउदी अरब दुतावास काठमाडौले कामदारलाई समय र पैसा दुवै भारपर्नेगरि अनिवार्य गरेको वायोमेट्रीक कुटनैतिक पहल गरि हटाउनुपर्ने, वैदेशिक रोजगार सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको निजी कम्पनीबीच भएको सम्झौता खारेज लगायत विभिन्न १० बुँदे मार सरकार समक्ष राखेको छ । यो माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत संघले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।