logo

वैदेशिक रोजगार व्यवसायीले नै निर्धारण गरे श्रमिकबाट लिनुपर्ने लागत शुल्क ,१० बुँदे माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

    640   पटक पढिएको

 

२३ पुस/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यवसायीहरू आफैले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन् । सरकारले अभिमुखीकरण शुल्क लगायत सबै लागत खर्च बढाएर नयाँ नियम लागु गर्न लागेको भन्दै असन्तुष्टी जनाएका व्यवसायीले सरकारलाई यस्तो प्रस्ताव गरेका हुन ।
वैदेशिक रोजगार व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा पठाउने नेपाली कामदारको लागत खर्च निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले यस्तो लागत शुल्क प्रस्ताव गरेका हुन्।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रलाई थप मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन संघद्धारा प्रस्तावित यस्तो ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए ।
उनले कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने बताए । सम्बन्धीत देसको रोजगारदाताबाट रिकुटमेन्ट एजेन्सिलाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने भन्दै उनले तर, रोजगारदाता कम्पनीले नदिएको खण्डमा १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत अनुमान शुल्क लिन पाउनुपर्ने व्यवसायीको माग रहेको बताए ।

संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघद्धारा प्रस्तावित सो शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भएमात्र लागत खर्च पारदर्शी हुने बताए । उनले कामदारको सो रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाइनुपर्ने व्यवसायीको प्रस्ताव रहेको बताए ।
यसैगरी, संघका महासचिव मेघनाथ भुर्तेलले यदि रोजगारदाता कम्पनीले नदिएको खण्डमा यस्तो लागत खर्च रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेर तिर्ने व्यवस्था मिलाउनुपर्ने संघको माग रहेको बताए ।
पत्रकार सम्मेलन मार्फत संघरले पछिल्लो समय सरकारबाट भएको साउदी अरब दुतावास काठमाडौले कामदारलाई समय र पैसा दुवै भारपर्नेगरि अनिवार्य गरेको वायोमेट्रीक कुटनैतिक पहल गरि हटाउनुपर्ने, वैदेशिक रोजगार सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको निजी कम्पनीबीच भएको सम्झौता खारेज लगायत विभिन्न १० बुँदे मार सरकार समक्ष राखेको छ । यो माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत संघले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।