logo

एक महिनामै ७१ हजार २७६ जनाले लिए श्रम स्वीकृति

    633   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – हाल वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै बढेसँगै अहिले एक महिनाको अवधीमा ७१ हजार २७६ जनाले लिए श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ गएका छन ।
स्वदेशमा भने जस्तो काम गर्ने अवसर नपाएको भन्दै अहिले नेपाली युवा धमाधम विदेशिने क्रम बढेपछि चालु आर्थिक वर्षको वितेको ५ औं महिना गत मंसिरमा मात्र वैधानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिकरोजगारीमा जानेरुको संख्या यतिधेरै देखिएको हो ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत मंसिरमा मात्रै कुल ७१ हजार २७६ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका छन्। यो तथ्यांक नयाँ तथा पुनः श्रम स्वीकृति लिनेहरुको हो । नयाँ तथा पुनःश्रम स्वीकृति लिनेमा ६४ हजार ३४२ पुरूष र ६ हजार ९३४ जना महिला रहेका छन्। यसमा संस्थागत र व्यक्तिगत दुबै रहेको विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा श्रम स्वीकृति लिएर विदेशिने मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) का लागि रहेका छन । सो अवधीमा युएईकालागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यसपछि सबैभन्दा धेरै कामदार गएको दोस्रो श्रम गन्तव्य मुलुक कतारका लागि १४ हजार १५२ जनाले श्रम स्वीकृति लिएका छन्। यस अवधिमा साउदीका लागि १३ हजार ९८३ जनाले लिएका छन् ।
यसैगरी, नेपालको कामदारको आकर्षक गन्तव्य मुलुक मलेसियाका लागि कुल ९ हजार ७७५जना र कुवेतका लागि तीनहजार ४५८ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी, जापानका लागि एकहजार ५२८ जनाले श्रम स्वीकृति लिएका छन् । युरोपका रोमानिया लगायत विभिन्न मुलुकका लागि पनि ठूलो संख्यामा नेपाली कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार मंसिरमा विभिन्न १०८ वटा मुलुकहरूका लागि नेपाली कामदारले श्रम स्वीकृति लिएका छन्। देसका ७७ वटै जिल्लाका युवाले श्रम स्वीकृति लिएका छन्। समिक्षा अवधीमा सबैभन्दा धेरै धनुषा जिल्लाबाट श्रम स्वीकृति लिएका छन ।
धनुषाका तीन हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापाबाट तीन हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन् । सो महिना मोरङबाट तीनहजार १०२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।