logo

एक महिनामै ७१ हजार २७६ जनाले लिए श्रम स्वीकृति

    906   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – हाल वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै बढेसँगै अहिले एक महिनाको अवधीमा ७१ हजार २७६ जनाले लिए श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ गएका छन ।
स्वदेशमा भने जस्तो काम गर्ने अवसर नपाएको भन्दै अहिले नेपाली युवा धमाधम विदेशिने क्रम बढेपछि चालु आर्थिक वर्षको वितेको ५ औं महिना गत मंसिरमा मात्र वैधानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिकरोजगारीमा जानेरुको संख्या यतिधेरै देखिएको हो ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत मंसिरमा मात्रै कुल ७१ हजार २७६ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका छन्। यो तथ्यांक नयाँ तथा पुनः श्रम स्वीकृति लिनेहरुको हो । नयाँ तथा पुनःश्रम स्वीकृति लिनेमा ६४ हजार ३४२ पुरूष र ६ हजार ९३४ जना महिला रहेका छन्। यसमा संस्थागत र व्यक्तिगत दुबै रहेको विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा श्रम स्वीकृति लिएर विदेशिने मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) का लागि रहेका छन । सो अवधीमा युएईकालागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यसपछि सबैभन्दा धेरै कामदार गएको दोस्रो श्रम गन्तव्य मुलुक कतारका लागि १४ हजार १५२ जनाले श्रम स्वीकृति लिएका छन्। यस अवधिमा साउदीका लागि १३ हजार ९८३ जनाले लिएका छन् ।
यसैगरी, नेपालको कामदारको आकर्षक गन्तव्य मुलुक मलेसियाका लागि कुल ९ हजार ७७५जना र कुवेतका लागि तीनहजार ४५८ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी, जापानका लागि एकहजार ५२८ जनाले श्रम स्वीकृति लिएका छन् । युरोपका रोमानिया लगायत विभिन्न मुलुकका लागि पनि ठूलो संख्यामा नेपाली कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार मंसिरमा विभिन्न १०८ वटा मुलुकहरूका लागि नेपाली कामदारले श्रम स्वीकृति लिएका छन्। देसका ७७ वटै जिल्लाका युवाले श्रम स्वीकृति लिएका छन्। समिक्षा अवधीमा सबैभन्दा धेरै धनुषा जिल्लाबाट श्रम स्वीकृति लिएका छन ।
धनुषाका तीन हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापाबाट तीन हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन् । सो महिना मोरङबाट तीनहजार १०२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।