logo

कोरियन भाषा परीक्षाको आवेदन फारम भर्ने म्याद २ दिन थप, आवेदनको म्याद आगामी २० पुससम्म

    843   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – सरकारले रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा जानकालागि लिन लागेको भाषा परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिदिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले यसअघिको भन्दा आवेदन फारम भर्ने म्याद थप दुईदिन बढाएर आगामी २० पुससम्मका लागि पुराईदिएको छ ।
दक्षिण कोरियामा पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन यसअघि १६ देखि १८ पुससम्मको समयमा पुनः दुईदिन म्याद थपगरि आवेदन दिने म्यान आगामी २० पुससम्म कायम गरिएको सो शाखाले जनाएको छ ।
यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ देखि १८ पुससम्मका लागि मात्र तोकिएको थियो । अहिलेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
वैदेशिक रोजगार विभागको महानिर्देशक स्तरको निर्णय अनुसार कोरियन भाषा परिक्षामा सहभागी हुनेहरुकालागि दुई दिन म्याद थप गरिएको हो । आवेदन आह्वान गरिएको पहिलो दिन सोमबार प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । त्यस्तै मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको विभागका महानिर्देशक घिमिरेले जानकारी दिए ।
गत साता आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै पानी जहाज निर्माण क्षेत्रका परिक्षार्थी युवाहरूले आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा गत १३ पुसमा ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि उच्च अदालतले इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो ।त्यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फारम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो । त्यही क्रममा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका थिए भने पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए ।
गत शुक्रबार उच्च अदालतले उत्पादनमूलक क्षेत्रमा जान सिप बिल्डिङमा भाषा परीक्षा दिएकाहरूलाई पनि सहभागी गराउन आदेश दिएपछि इपिएस कोरिया शाखाले उनीहरुका लागि आवेदन खुला गरेको हो।
इपिएस कोरिया शाखाले मंगलबार सूचना प्रकाशन गरि सिप बिल्डिङका परीक्षार्थीहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी हुन पुनः दुई दिनको म्याद थपेर आवेदन मागेको हो । शाखाले जारि गरेको यो पछिल्लो सूचना अनुसार अब उनीहरूले आगामी २० पुससम्म आवेदन दिन सक्ने छन् ।
यो भन्दा अघिल्लो सूचनामा सो शाखाले गत साउनमा भएको सिप बिल्डिङतर्फको परीक्षार्थीले मात्र आवेदन दिन पाउने बताएको छ । अन्यको आवेदन भने रद्द हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
त्यसअघि एउटै परीक्षार्थी एकै आर्थिक वर्षमा सञ्चालित एकभन्दा बढी परीक्षार्थीमा सहभागी हुन नपाउने भनेपछि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सिप बिल्डिङतर्फको परीक्षार्थीलाई सहभागी नगराउने भनिएको थियो।
त्यही विरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए । गत ५ पुसमा भएको सुनुवाइमा उच्च अदालतले ती १८ जनालाई मात्र परिक्षामा सहभागी हुन दिन आदेश गरेको थियो । १८ जनामात्रै परीक्षामा सहभागी हुन पाउने भएपछि परीक्षा दिन नपाउनेहरू गत शुक्रबार बालकुमारीमा आन्दोलित भएका थिए । सो आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो।
१८ जनालाई मात्र जान दिने आदेशविरूद्ध १२ पुसमा नै उच्च अदालतमा अर्को रिट परेको थियो । गत शुक्रबार सो रिटको सुनुवाइ गर्दै उच्च अदालतले सिप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो। सोही आदेशपछि अहिले इपिएस कोरिया शाखाले सबैलाई परीक्षामा सहभागी हुन यस्तो आवेदन खुलाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।